-->
अनुष्काबारे विराटले मुख खोले, खिल्ली उडाउनेलाई गतिलो जवाफ

मुम्बई । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको प्रेम सम्बन्धबारे नजान्ने शायदै होलान ।
यी दुई बीच ब्रेक अप भएको खबरले बेला बेला बलिउड र भारतीय क्रिकेट तातिरहन्छ । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा कोहलीले लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै उनको र अनुष्काको सम्बन्धबारे विभिन्न टिकाटिप्पणी भयो ।
यसैक्रममा कोहलीले आफ्नी प्रेमिका अनुष्काको मजाक उडाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा अनुष्काःविराटको ट्रोल नै चलेपछि कोहलीले मुख खोलेका हुन् ।
कोहलीले आफ्नो र अनुष्काको नाम जोडेर अनावश्यक ट्रोल चलाउनेहरुले लाज मान्नुपर्ने भन्दै आफूलाई अनुष्काले सँधै सकारात्मक उर्जा मात्र दिएको बताएका छन् ।
ट्वीटमा उनले ‘अनुष्कालाई हाँसीमजाको विषय बनाउनेहरु देखेर मलाई नै लाज लागेको छ । केही त दया गर ।उनले मलाई सधैं सकारात्मक सोच्न उत्प्रेरित गरिन् ।’ भन्दै शेम अर्थात लाजमर्दो लेखिएको तस्विर पनि शेयर गरेका छन् ।
बेला बेला यी दुई बीच ब्रेकअप भएको खबर पनि सुनिने गर्छ ।
आइतबार अष्ट्रेलियाविरुद्धको खेलमा ८२ रनको शानदार पारी खेल्दै भारतलाई सेमिफाइनलमा पुर्याएका विराटको प्रशंसकले सामाजिक सञ्जालनमा उनकी प्रेमिका अनुष्का शर्मालाई हाँसिमजाकको विषय बनाउँदै ब्यंग्य गरेपछि उनी अनुष्काबारे मुख खोल्न बाध्य भएका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.