सभापतिमा जितेपछि देउवालाई भारतबाट आयो कोसेली, के छ कोसेलीमा ?
काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भारतले बधाईसहितको कोसेली पठाएको छ ।
देउवा १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् । महाधिवेशनमा उनलाई ‘भारतले चाहेको उम्मेदवार’ भनिएको थियो ।
बुधबार एक सन्देश पठाउँदै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देउवालाई बधाई दिएकी छिन् । उनले नेपाल–भारतबीच पुर्खाैदेखि रोटीबेटीको सम्बन्ध रहेको भन्दै यो सम्बन्धलाई कांग्रेसको नयाँ नेतृत्वले थप उचाईमा पुगाउने विश्वास व्यक्त गरेकी छिन् ।
देउवालाई पठाइएको कोसेलीमा भनिएको छ- भारत सरकार कांग्रेसको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार छ । जसले भारत र नेपालको सम्बन्ध अझ उचाईमा पुगोस ।
साथै भारतले देउवालाई सफल कार्यकालको शुभकामना पनि दिएको छ ।
हेर्नुस् कागजी

0 comments
प्रतिक्रिया दिनुहोस्...