-->
दशगजा अतिक्रमण तीव्र, २ सय ५४ सीमास्तम्भ गायबहुँदा नेपाल सरकार किन बस्यो मौन ?


झापा, ११ चैत । नेपाल र भारतबीचको सीमा छुट्याउने झापाका दुई सय ५४ वटा स्तम्भ ‘गायब’ छन् । हराएका भनिएका स्तम्भको खोजी गरेर पुरानै ठाउँमा कायम गरिने नापी विभागले जनाएको छ ।
झापामा साना, ठूला र मझौला गरी नौ सय ८९ वटा स्तम्भ पर्छन् । विभागको टोली पाँच महिनायता सीमा स्तम्भको व्यवस्थापनमा जुटेको छ । हराएका र काम नलाग्ने अवस्थाका स्तम्भ पुनस् नयाँ बनाइने अधिकृत सुशील डंगोलले जनाए ।
‘पहिले अवस्था पत्ता लगाउँछौं, त्यसपछि सम्बन्धित स्थानमा पुनस् स्थापना गर्छौं,’ डंगोलले भने । उनका अनुसार दुई सय १५ वटा स्तम्भ मर्मत र ५० वटा नयाँ निर्माण गरिएको छ । हराएकालाई पुनः बनाउने, जीर्णलाई मर्मत गर्ने र रंगरोगनको काममा दुवै देशका अधिकारी सहभागी छन् ।
दुवै मुलुकका नापी विभागका प्रतिनिधि, भारतीय सशस्त्र सीमा बल र नेपालको सशस्त्र प्रहरी त्यसमा खटिएका छन् । टोलीका अनुसार पाँच सय आठ वटा स्तम्भ साधारण मर्मत गरे हुने अवस्थामा छन् । ‘७६५ वटाको निरीक्षण गरिसक्यौं,’ डंगोलले भने ।
यसअघि जिल्ला प्रशासन, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नापीसहितका प्रतिनिधि सम्मिलित टोलीले ०६७ माघ २० देखि फागुन १ सम्म झापामा सीमा र स्तम्भहरूको अनुगमन गरेको थियो । अनुगमनपछि टोलीले ५६ ठूला, मझौला तीन र दुई सय ५७ वटा साना गरी तीन सय १६ स्तम्भ साबुत अवस्थामा रहेको, एक सय दुई ठूला, १९ मझौला र दुई सय ५० साना गरी तीन सय ७१ स्तम्भ तत्काल मर्मत गर्नुपर्ने प्रतिवेदन दिएको थियो ।
अन्तर्राष्ट्रिय कानुनमा सीमा क्षेत्रको करिब ३० फिट वारिपारि केही गर्न पाइँदैन । दसगजा भनिने यो क्षेत्रमा नेपाल र भारत दुवैतिरबाट बराबर जमिन भोग गरेको पाइएको छ । भारतसँग सीमा जोडिएको झापाको मेचीनगर, महेशपुर, घेराबारीलगायत क्षेत्रमा दुवैतर्फबाट दसगजा अतिक्रमण गरिएको पाइएको नापी विभाग स्रोतले जनाएको
कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.