-->
डाक्टरले विरामी महिलाको गोप्य अंगमा हात छिराएपछि....


एजेन्सी । अस्पतालमा उपचार गराउन पुगेकी
महिलाको डाक्टरले कपडा खोलेपछि बबाल मच्चिएको छ ।
घटना हिमाञ्चलको हमिरपुर जिल्लाको हो । जहाँको एक निजी
अस्पतालमा कम्मर दुखेको उपचार गराउन पुगेकी महिलामाथि यौन
दुव्र्यवहार भएको छ । कम्मरको एक्स-रे गराउन शनिबार आफ्ना
श्रीमानसँग अस्पताल पुगेकी महिलाको
हड्डी रोग विशेषज्ञले चेकजाँच गरेका थिए । त्यसपश्चात
एक्स-रे गर्नका लागि अस्पतालको एक्स–रे कक्षमा पठाइयो जहाँ एक्सरे
गर्ने टेक्निशियन बसेका थिए ।
एक्स–रे टेक्निशियनले पहिला महिलाको माथिल्लो कम्मरको एक्स-रे लिए ।
त्यसपछि उनले महिलाको कपडा उतारेर एक्सरे लिने भन्दै मसाज गर्न थाले
। त्यसैक्रममा उनले महिलाको तल्लो भाग (गोप्य अंग)मा हात छिराएपछि
महिला कड्किइन् । त्यसपछि उनी सिधै एक्स–रे रिपोर्ट बोकेर
महिला डाक्टरको कोठामा गइन् ।
जहाँ उनलाई दुबै एक्सरे रिपोर्ट देखाउन भनियो तर, उनले टेक्निसियनले एकै
मात्र दिएको र अर्काे लिदा आफूमाथि यौन शोषण गरेको कुरा सुनाइन् । त्यसपछि
डाक्रटले बोलाउँदा टेक्निसियन फरार भइसकेका थिए । घटनामा अस्पतालले
टेक्निसियनविरुद्ध कुनै एक्शन नलिएपछि पीडित दम्पत्ति
प्रहरी शरणमा पुगेका छन् ।
हरिपुरका प्रहरी प्रमुख राजेन्द्र कुमारले घटनाबारे अनुसन्धान
भइरहेको बताउँदै उजुरी लिएर आरोपीको
खोजी भइरहेको बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.