-->
सावधान ! तपाइको बीर्यमा यसकारण ह्रास आउन सक्छ


काठमााडौँ – बीर्य अर्थात शुक्रकिटले मानिस लगायत जिवित प्राणीमा विशेष महत्व रहेको हुन्छ । तर मानिसको शरीर भित्र रहेको बीर्य सबैको स्वस्थ हुन्छ भन्ने हुँदैन । हामीले दैनिक सेवन गर्ने केही काँचा खानेकुरा तथा फलफुलका कारण तपाइ हाम्रो शिक्रकिट अस्वस्थ बन्दै गएको हुनसक्छ । त्यसैले स्ट्रबेरी, स्याउ, अम्बा लगायतका फलफुलहरु खानअघि राम्ररी धोएर मात्र खानुहोला ।
अझ त्यसमा पनि पुरुष जो आफ्नो सन्तान जन्माउने तयारी रहेका छन् उनीहरुले त धेरै नै सावधानी अपनाउनुपर्ने हवार्ड विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । उक्त अध्ययनको रिपोर्टले काँचो फलफूल र सब्जी खाने पुरुषहरुको शुक्रकिटको गुणस्तर र मात्रामा कमी आउने देखाएको छ । उक्त अध्ययनका अनुसार काँचो खानेकुरा खाँदा त्यसमा भएको किटनाशकको अवशेषले पुरुषको शुक्रकिटमा नकारात्मक असर पुर्याउने गर्छ ।
एसिस्टेन्ट प्रोफेसर जर्ज चाभारोका अनुसार किटनाशकको अवशेष रहेको खानेकुरा खाँदा पुरुषको प्रजनन्न स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्छ । यस अध्ययनका लागि अध्ययन टोलीले बोस्टनको फर्टिलिटी सेन्टरमा रहेको वातावरण र प्रजनन स्वास्थ्य अध्ययनमा भर्ना भएका १ सय ५५ पुरुषलाई प्रयोग गरिएको थियो । उनीहरुमा स्खलन हुँदा कम वीर्य निक्लने र सामान्य शुक्रकीटको मात्रा पनि कम हुने पाइएको थियो ।
एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.