-->
जसलाई बलात्कार गरे, उनैलाई जीवन संगिनी बनाए

बलात्कारको आरोपमा जेलबाट छुटेलगत्तै सप्तरीको फुलकाहीका एक युवकले आफूबाट पीडित युवतीसँग विवाह गरेका छन् । पुनरावेदन अदालत राजविराजको आदेशअनुसार शुक्रबार साधारण तारेखमा रिहा भएका २० वर्षीय दिपेन्द्रकुमार यादव र बलात्कारको शिकार भएकी १८ वर्षीया मन्जुकुमारी यादवबीच अधिकारकर्मी र कानुन व्यवसायीको रेखदेखमा राजविराजको भगवती मन्दिरमा विवाह भएको हो । विवाह समारोहमा युवकका वुवा जगतलाल यादव र युवतीका बुवा सिरहाको सोठियाइन–१ का पच्चु यादव, परिवारका सदस्यहरु र आफन्त सहभागी थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.