-->
मलेसियासँग नेपालले बराबरी खेल्यो, दोस्रो हाफमा गोल गर्न चुक्यो

काठमाडौँ, १४ चैत । मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको छ ।
मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा ३७औँ मिनेटमा भरत खवासले गोलबाट अग्रता लिएको नेपालले पहिलो हाफसम्म कायमै राख्यो ।
भरतले विपक्षी रक्षापङ्क्तिका खेलाडीलाई पार गर्दै एक्लो प्रयासमा गोल गरेका थिए ।
तर, दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा नेपाली युवा टीमले मलेसियासँग बराबरीमै चित्त बुझाउन परेको छ ।
दोस्रो हाफको अन्तिम १० मिनेटसम्म अग्रता कायमै राखेको नेपालविरुद्ध ८६ औं मिनेटमा मलेसियाका मोहमद अरिफ बिन महोनदले गोल फर्काए । खेलमा थप गोल हुन नसकेपछि बराबरीमा सकियो ।
मलेसियाविरुद्ध नेपालीहरु खेलाडीहरु विकेश कुथू, विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, रवीन श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, भरत खवास र नवयुग श्रेष्ठले खेलेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.