काठमाडौं, १२ चैत । नेकपा एमालेका नेता शंकर पोखरेलले मधेसवादी दलका नेता बोलाएर ‘आन्दोलन गर्न उस्काउने’ भारतीय राजदूत रञ्जीत रेलाई कडा जवाफ दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाटै जवाफ दिँदै नेता पोखरेलले छिमेकमा आगो बाल्दा आफूलाई पनि हानी हुने कुरालाई हेक्का राख्न भनेका छन् ।
विहीबार मधेसवादी दलका नेतालाई लैनचौस्थित दूतावास भवन बोलाएर भारतीय राजदूत रञ्जीत रेले ‘मधेसी मोर्चाले गर्ने आन्दोलनमा भारतको साथ, समर्थन र शुभेच्छा रहने’ बताउँदै आन्दोलन गर्न उक्साएका थिए ।
भारतीय राजदूतको आपत्ति बयानको जवाफ दिँदै सरकार चलाइरहेको एमालेका नेता पोखरेलले छिमेकमा आन्दोलन हुँदा आफूलाई पनि असर पर्नेतर्फ होस गर्न भनेका हुन् ।
‘छिमेकमा डढेलो लगाएर आफ्नो वस्ती उज्यालो वनाउने रहर महामहिमलाई निकै जागेछ । डढेलोले छिमेक मात्र होइन महामहिमकै बस्ती डढाउन सक्छ । होस् गरौ,’ नेता पोखरेलले घुमाउरो भाषामा भनेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...