उत्तर कोरयाले निरन्तर आक्रामक ब्यवहार देखाएपछि रुसले कडा चेतावनी दिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्हालिन वा आक्रमण सहन उत्तर कोरियालाई चेतावनी दिएका छन् ।
रुसी विदेश मन्त्रालयले उत्तर कोरियालाई एक पत्र लेख्दै पुटिनको तर्फबाट यस्तो चेतावनी पठाएको हो ।आक्रामक ब्यवहार जारी राखे उत्तर कोरियाले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी रुसले दिएको छ ।
दक्षिण कोरियालाई परमाणु हतियारले आक्रमण गर्ने चेतावनी उत्तरले दिएपछि रुसले यस्ता चेतावनी सहन नसक्ने बताएको हो । यस्ता चेतावनीलाई अन्तराष्ट्रिय समुदायले टुलु टुलु हेरेर बस्न नसक्ने रुसको भनाइ छ ।
उत्तर कोरियाले आफ्नै ब्यवहारका कारण आफ्नै घरमा आक्रमण हुने अवस्था बनाइरहेको रुसले टिप्पणी गरेको छ । रुसले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यासप्रति पनि असन्तुष्टि जनाएको छ । नेपाली हेडलाइन बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...