-->
विशाल नेपालको माग गर्दै भारतीय दुतावास अगाडी प्रदर्शनमा उत्रिएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’का ११ नेता–कार्यकर्ता पक्राउ


काठमाडौँ, सुगौली सन्धिको खारेजीको माग गर्दै उत्रिएका ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’का ११ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् ।सुगौली सन्धि भएको २०० वर्ष पुगेको दिन आज लैनचौरस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शनमा उत्रिएका उनीहरुलाई आज दिउँसो करिब १ बजे प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल, उपाध्यक्ष बिएन शर्मा, सदस्य छवि पन्थी, जगदीश लानमिछानेलगायत छन् । प्रदर्शनका क्रममा उनीहरुले ‘सुगौली सन्धि मान्दैनौँ’, ‘अतिक्रमित भूमि फिर्ता गर’ लगायतका नारा लगाएका थिए ।
अध्यक्ष नेपालले नेपालले अनाहकमा गुमाएको भूमिबारे जनतालाई जानकारी दिँदै चेतना फैलाउन प्रदर्शनमा उत्रिएको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामी यो समस्या कूटनीतिक तरिकाले समाधान होस् भन्ने चाहन्छाँै, तसर्थ बेलायत सरकारको मध्यस्थतामा सरकारले भारत सरकारसँग यसबारे कुरा गर्नुपर्छ ।” उहाँले समस्या समाधान नभएसम्म आफ्नो आन्दोलन जारी राख्ने बताउनुभयो ।
तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६ मा मार्च ४ मा सुगौली सन्धि भएको थियो । जसबाट नेपालले आफ्नो एकतिहाइ भूमि गुमाएको थियो। News24Nepal.com बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.