कांग्रेस महामन्त्रीमा शशांकले अग्रता लिए (अपडेट)
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा जारी मतपरिणामअनुसार महामन्त्रीका उम्मेदवार शशांक कोइरालाले २१६ मत ल्याउँदै अग्रता लिएका छन् ।
युवा नेता गगन थापाले १२७ मत ल्याएका छन् ।
त्यसैगरी अर्जुननरसिंह केसीले १५६ मत प्राप्त गरेका छन् ।
यसैगरी कोषाध्यक्षतर्फ सितादेवी यादवले १२४ मत प्राप्त गरेकी छिन् ।
चित्रलेखा यादवले १०७ मत प्राप्त गरेकी छिन् ।
उमाकान्त चौधरीले ४५ मत प्राप्त गरेका छन् ।
कृष्ण कार्कीले ५ मत प्राप्त गरेका छन् ।मतगणना जारी छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...