कांग्रेसको १३औं महाधिवेशनः मतदान सकियो, कसको पक्षमा बढी मत ?
काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको सभापति पदका लागि भएको मतदान सकिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ३ हजार १४४ मत खसेको छ ।
आइतबार विहानदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी मतदान साँझ ७ बजे सकिएको हो ।
मतदान सकिएसँगै सभापतिको मतगणना पार्टी मुख्यालय सानेपामा राति १० बजेबाट सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...