सोल–‘आईतबार सार्बजनिक बिदाको दिन हो, जिन्दगीको मजा लिनै पर्यो मरेर जाँदा लानु नै के छ र !’ लमजुङ्गका भगिरथ (परिवर्तित नाम)ले साथीहरुमाझ जब भने तब हाँसोको फोहोरोलाले वरपरको माहोल तात्यो । सँगै एउटै कम्पनीमा कामगर्ने बर्दीयाका ३७ बर्षीय कबिराज (परिवर्तित नाम)ले पनि थपिहाले , ‘रमाइलो गर्न जाने तर कता ?’ छ महिना अगाडीमात्रै कोरिया आएका रुपन्देही देबदहका २१ बर्षीय हरि (परिवर्तित नाम)ले पनि सहमति जनाउँदै भनिहाले ‘ल जाऔं न त !सुन्दा सामान्य लाग्ने यस्ता भनाईले ठुलो दुर्घटना निम्याएका छन्, यहाँ । दक्षिण कोरियाको राजधानी सोलदेखि खासै टाढाको दुरीमा नरहेको प्रख्यात सिटी सुवनमा कतिपय नेपाली कामदारहरु सार्बजनिक बिदाका दिनमा अत्याधिक भेट्टिन्छन् । जुन ‘रेडलाइट’ एरिया हो । रेडलाइट एरियामा मात्रै नभएर कतिपय यहाँ रहेका नेपाली कामदार विभिन्न कुलतमा फस्ने गरेको पाइएको छ ।
अझ कोरियामा नेपाली समुदायले आयोजना गर्ने बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रायः राजधानी सोल केन्द्रित हुने र त्यहाँबाट नजिक पनि पर्ने हुँदा नेपाली युवाहरु यो रेडलाईट एरिया केन्द्रित हुने गरेको यहाँ कार्यरत एक नेपालीले बताए ।
जानकारहरुका अनुसार दक्षिण कोरियाको यौनबजार बिषेश गरि बिदेशीहरुलाई लक्षित गरि बनाईन्छ । बुसान, थेगु, र्ईन्छन, सउल, सुवन लगायतका सिटीहरुमा यौन ब्यबसाय फस्टाएका छन् भने सो त्यहाँ ग्राहकको रुपमा कोरियन पुरुषहरु जम्मा २७ प्रतिशतको हाराहारीमा मात्रै पुग्छन् । बाँकी बाँकी ७३ प्रतिशत ग्राहक बिदेशी नै हुने गरेको तथ्याङ्क छ ।
भोजपुरका बिनय रोका (परिवर्तित नाम) छ बर्ष पुरा भयो कोरिया आएको । उमेरले ३५ बर्षपनि कटाए । तर, उनी अबैधानिक रुपमा कोरिया बसेका छन् । उनले यो छ बर्र्षको अबधीमा उनले मात्रै १५ लाख पैसा नेपाल पठाए । बाँकी यौन बजार र लिभिङ्ग टुगेदरका रुपमा सिध्याए । यति हुँदापनि निर्धक्कसँग भन्छन्, ‘ केहि कमाउनै सकेको छैन, किन नेपाल जानु ? अबिबाहित पनि छु, अहिले एक चाईनिज केटिसँग ओपन रिलेशनमा छु, यहि छ मज्जा !’
कोरिया आएको तीन वर्षसम्म वर्षसम्म दमक झापाका एक युवकपनि यसरी नै यौनबजारमा नियमित ग्राहकका रुपमा पुग्थे । पछि अस्वस्थ भएको अनुभुती भएसँगै हस्पिटलमा चेकअप गराउँदा एचआईभी भएको रिपोर्ट आयो । त्यतिबेला उनी छाँगाबाट खसेजस्तो भएभने बाँकी भिषा रद्द गरेर नेपाल फर्कन समेत बाध्य भए ।
दक्षिण कोरियामा नेपालीले अहिले न्युनतम एक लाख २५ हजारको हाराहारीमा कमाउँने गर्दछन् । नेपालमा आर्र्थिक अबस्था अली मजबुत नहुने र यहाँ आएर कामगर्ने बित्तिकै एकलाख भन्दा बढी आम्दानी गर्ने हुँदा उनीहरु विलासितातर्फ लागेका जानकारहरु बताउँछन् । त्यही भएर त कतिपय रोमान्सका नाममा क्यासिने, रेडलाईट एरिया, डिस्को, लिभिङ्ग टुगेदरका नाममा फस्ने गरेको पाइन्छ ।
केहि हप्ता अगाडि पनि गैह्र आवासिय नेपाली संघ दक्षिण कोरियाका जिम्मेबार ब्यक्ति भोजपुरका सोगेन्द्र घलेले पनि क्यासिनेमा हारेर हुण्डिकारोबारका निम्ति उठाइएको दुई करोड नब्बे लाख रुपैयाँ सहित फरार छन् ।पछिल्लो समय कोरियामा लगभग ३४ हजारको हाराहारीमा नेपाली कार्यरत छन् । रातोपाटि बाट साभार

0 comments
प्रतिक्रिया दिनुहोस्...