-->
अब महिलाले रजस्वला भएको बेला पनि बिदा पाउने

महिलाहरुले अब रजस्वला भएको बेला पनि विदा पाउने क्रम शुरु भएको छ । सुत्केरी विदा दिने चलन संसारका कैयन् देशमा भएपनि रजस्वला भएको बेला बिदा दिने चलन भने थिएन ।
बेलायतमा पहिलोपटक एक कम्पनीले आफ्नो कम्पनिमा कार्यरत महिलालाई रजस्वला भएको बेला बिदा दिने कार्य शुरु गरेको छ ।
पिरियड पोलिसीका अनुसार, महिला कर्मचारीहरुले महिनावारीको बेला कामका घण्टाहरुमा परिवर्तन गर्न सक्नेछन् ।ब्रिस्टल कै को–एक्जिस्ट नामक कम्पनीले यसरी महिनावारीमा पाइने विदाको पूर्ति पछि आफ्नो कामबाट गर्न सक्ने जनाएको छ ।
कम्पनी निर्देशक बेक्स बाक्स्टरल जनाए अनुसार, महिलाहरुले पिरियडको पीडामा पनि कार्यालयमा काम गनुपर्ने बाध्यता देखेर यो नयाँ नीति लागु गरेको बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
जापान, चीनका केही भाग, दक्षिण कोरिया र ताइवानमा पनि महिनावारीको बेला महिला कर्मचारीहरुलाई छुट्टी दिने प्रावधान छ । ब्रिटेनमा भने यसप्रकारको शुरुआत गर्ने यो पहिलो कम्पनी हो । बाक्सटरका अनुसार महिलाहरु पिरियड चलेको बेला विदा लिन डराउने गर्दछन् । – एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.