२७ फागुन, एजेन्सी ।
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास शुरु गरे लगत्तै उत्तर कोरियाले २ छोटो दुरिका क्षेप्यास्त्र प्रहार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पूर्ण बाणिज्य विनिमय सम्झौता अन्त्य भएको घोषणा गर्दै उत्तर कोरियाली क्षेत्रमा रहेको दक्षिण कोरियाको सम्पूर्ण सम्पति रोक्का गर्ने जानकारी पनि दिएको छ ।
उत्तर कोरियासँग ठूलो संख्यामा छोंटो दुरीका क्षेप्यास्त्र रहेको बताइन्छ । विहीबार प्रहार गरिएको क्षेप्यास्त्र दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्र भन्दा ५०० किलो मिटर टाढा खसेको बताइएको छ ।
किम जोङ उनको हत्या गर्ने योजनामा अमेरिका र दक्षिण कोरिया
उता बेलायतको पत्रिका दि इन्डिपेन्डेन्टले अमेरिका र दक्षिण कोरिया उत्तर कोरियाली शाषक किम जोङ उनको हत्या गर्ने तयारीमा रहेको दावी सहितको फिचर प्रकाशित गरेको छ ।
कोरियाली प्रायद्वीपमा वर्षेनी हुने गरेको संयुक्त सैनिक अभ्यास परंपरा जस्तै भएको भएपनि यस पटक अमेरिका र दक्षिण अमेरिकी सेना किम जोङ उनको ‘टाउको काट्ने’ मिसनमा रहेको दावी उक्त फिचरमा गरिएको छ ।
उत्तरकोरियाले दियो अमेरिकालाई खरानी बनाउने चेतावनी
किम जोङ उनको हत्याका लागि दुई देशका सैनिकले मानव रहित विमान प्रयोग गरेर पनि किमको हत्या गर्न सक्ने अनुमान यो फिचरमा गरिएको छ ।
मंगलबार मात्र उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि आणविक हमला गर्ने चेतावनी दिएको थियो । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्न लागेको बेला उत्तर कोरियाको यस्तो चेतावनी आएको थियो।

0 comments
प्रतिक्रिया दिनुहोस्...