-->
पेस्तोलधारी कुटिँदा देउवालाई यसरी भयो तनाव

काठमाडौं, १६ चैत । भातृसंगठनको अविधेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको एक हप्ता नबित्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघभित्र नवनिर्वाचित सभापति शेरबहादुर देउवा निकटकै विद्यार्थी नेताहरूबीच कुटाकुट सुरू भएको छ ।
गएको चैत १० गते शंकरदेव क्याम्पसमा इकाई सभापति बनाउने विवादमा देउवा पक्षकै विद्यार्थीबीच झडप भएको थियो । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
झडपमा पेस्तोल बोकेको आरोपमा प्रहरीले पक्राउ गर्नेदेखि वन्यजन्तु चोरी शिकारी काण्डमा संलग्न रहेका शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत सहितकेही विद्यार्थी घाइते भएका थिए ।
शुभराम बस्नेतले नेविसंघका नेता तथा सभापति देउवाका सहयोगी जितजंग बस्नेत, मनीषजंग थापा र डोजाङ शेर्पासहित ५ जनाले आक्रमण गरेको किटानी जाहेरी महानगरीय प्रहरी बृत्त सिंहदरबारमा चैत १४ गते दिएका छन् ।
नैनसिंह महरको योजनामा शुभरामले जितजंग विरुद्ध प्रहरीमा उजुरी दिएको आरोप छ ।
छ महिनामा निर्वाचन गराउने म्यान्डेटसहित २०६८ मा अध्यक्ष मनोनीत भएका रञ्जित कर्णले ४ वर्षमा ७ पटक अधिवेशनको मिति घोषणा गरे पनि गराउन सकेका छैनन् ।
अब पनि उनले अधिवेशन गराउने अवस्था सभापति देउवाले देखेका छैनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.