-->
गगन भन्छन् : ससुरालाई जिताउन चुनाब लड्ने म मूर्ख राजनीतिकर्मी होइन


फागुन २२
काठमाडौं–काँग्रेसमा महामन्त्रीका उम्मेदवार गगन थापाले आफूले जीवनको सबैभन्दा ठूलो जोखिम उठाएको बताएका छन् ।आफ्ना ससुरासंग महामन्त्री पदमा प्रतिस्पर्धा गरका थापाले महाधिवेशनको बन्दसत्र चलिरहेको बेला हलबाहिर पत्रकार सम्मेलन गरेर उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफूले कस्को छोरा वा कस्को बुबा उठेको छ भनेर उम्मेदवारी दिएको नभई आफूले काँग्रेसलाई रुपान्तरण गर्न उम्मेदवारी दिएको बताए । ‘कस्को छोरा र कस्को बुबा लड्नुभएको छ भन्ने कुरालाई हेरेर मेले उम्मेदवारी दिने कुरा निधो गरको हैन’ उनले भने ‘म महामन्त्री भएर नेपाली काँग्रेसलाई नै रुपान्तरण गर्न चाहन्छु । ’
ससुराको सिट सुरक्षित गरिदिनका लागि चुनाव लडेको चर्चा चलिरहेको भन्ने आरोप लागिरहेको बेला उनले आफू अरुका लागि प्रयोग भईदिने मूर्ख राजनीतिकर्मी नभएको प्रतिकृया दिए । ‘मेरो बुबा लड्नुभएको छ निर्वाचनमा म संग र विपीको छोरा लड्नुभएको छ’ उनले भने ‘म आफू महामन्त्री बन्नका लागि जिवनको सबैभन्दा ठूलो राजनीतिकजोखिम उठाएर बनेको बेलामा यतीबेला यस्तो कन्जरभेटिभ पार्टीभित्र मैले अरु कसैका लागि प्रयोग गरीदिनुपर्ने म कुनै मुर्ख राजनीतिकर्मी होइन ।’
म ईमोसनमा आएर निर्णय गर्ने मान्छे हुँ
यो बेलामा मैले को लड्नुभएको छ भन्ने कुरासंग सरोकार हैन । नेपाली काँग्रेसको यो पुस्ताको प्रतिनिधिले पार्टीभित्र जिम्मेवारी बोक्छौँ भनेर चेष्टा गर्ने कि नगर्ने भनेर हो । म निर्वाचनको मैदानमा छु । मैले आफूले सक्ने सम्पूर्ण शक्ति लगाएको छु । काँग्रेसको महामन्त्री म बन्न चाहन्छु । म एकदम समालिएर यहाँसम्म आईपुगेको हुँ । तर, म धेरै क्याल्कुलेसन गर्ने मान्छे पनि होईन । म ईमोसनमा आएर निर्णय गर्ने मान्छे हुँ । क्याल्कुलेसनमा आएर गरेको भए म कतै कम्प्रोमाज गरेर समुह बनाउँथे होला ।
मेरो ठाउँमा अरु नेताहरु मलाई प्रशिक्षित गरको नेताहरु म महामन्त्री हुन्छु भनेर आउनुभएको भए मैले यो महत्वाकाँक्षा राख्नै राख्दिनथेँ । त्यतिखेर हाम्रो पंक्तिबाट अरु अगाडी बढ्थे भने म गुट नभनिकन त्यो महामन्त्रीको प्रस्तावक बनेर सामान्य पदमा बस्थेँ । मैले दुई तीन महिनादेखि म महामन्त्रीको उम्मेदवार बन्छु भनेको हो । मैले जे कुरा भनेको हुँ । त्यो कुरा पूरा गरेको हुँ ।
काँग्रेसको राजनीतिको फम्र्याट चेन्ज गर्न चाहन्छु
तेह्रो महाधिवेशन देखि चौँधौँ महाधिवेशनको विचमा चारबर्ष संविधान कार्यान्वयनको निम्ती जग हाल्ने अवधि छ । यो चारवर्षभित्रमा संविधान कार्यान्वयनका निम्ती जग हाल्न सकियो भने नेपाल राजनीतिक स्थायीत्वर्फ बढ्ने नत्र सकेन । यो चार वर्षमा म नेपाली काँग्रेसलाई संविधानको कार्यान्वयनको सन्दर्भमा जतिपनि माईलस्टोनहरु छन्, ती सबै माईलस्टोनहरु पूरा गर्न सक्ने क्षमता भएको मान्छे हुँ ।
यो सबै विषयमा अग्रसरता लिएको पार्टीले चारवर्षभित्र संविधान कार्यान्वयन टुग्याएर अव संविधान पछाडी फर्केर जाँदैन भन्ने अवस्थामा पु¥याउन चाहन्छु । म नेपाली काँग्रेसको राजनीतिको फम्र्याट चेन्ज गर्न चाहन्छु । जसले गर्दा नेपाली काँग्रेसको राजनीति अहिलेको जस्तो कर्मकाण्डिय पाराले हैन लोक जगतसंग जोडिएको, जनताको जीवनसंग जोडिएको राजनीति, जसले नेपाली वर्षौँदेखि राजनीतिक परवर्तन तर परीवर्तनले जीवनमा परीवर्तन हुन नसकेर थाकेका नेपाली जनतालाई परीवर्तन दिन चाहन्छु । म नेपाली काँग्रेसलाई नै रुपान्तरण गर्न चाहन्छु ।
महाधिवेशन हैन महानिर्वाचन जस्तो
महाधिवेशन भन्दा पनि बढी महानिर्वाचन जस्तो भैरहेको छ । जसले गर्दा महाधिवेशनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम भन्दा बढी नेतृत्वको प्रतिस्पर्धामा रुचि हुन पुगेको छ । तर यो नौलो कुरा भने होईन । हाम्रो अधिवेशनहरु यही तरीकाले हुँदै आएका छन् । त्यसले गर्दाखेरी हाम्रा अधिवेशन गर्ने परीपाटीलाई बदल्नुपर्छ । नेतृत्वको अधिवेशन छुट्टै र नीति तथा कार्यक्रमको अधिवेशन छुट्टै हुनुपर्छ भन्ने विषयलाई प्रतावका रुपमा महाधिवशेनमा छलफलका रुपमा अगाडी बढाएका छौँ । यो अधिवेशनका क्रममा सबै कुराहरु भनेअनुसार भयो भने अहिले चार बजे निर्वाचन समितिको बैठक छ । उसले सम्पूर्ण तयारी गरिसकेको छ । आज निर्वाचन सम्बन्धी बाँकी तालिका सार्वजनिक गर्छ ।
८० प्रतिशत भन्दा बढी प्रतिनिधि सांसदको उम्मेदवार
८० प्रतिशत साथीहरु यसभन्दा अघिल्लो संविधान सभाको निर्वाचनमा सांसदको सिफारिस भएको साथीहरु हुनुुहन्छ। हाम्रो पार्टीको विधानअनुसार एउटा निर्वाचन क्षेत्रबाट ६/७ जनाको नाम सिफारीस गरेर पठाएका थिर्यौ, त्यो मध्ये धेरै यहाँ हुनुहुन्छ । त्यसैले यो पार्टीको कार्यकर्ताहरु होईन । यो पार्टीको एउटा तहमा बसेका नेताहरु मात्रै महाधिवेशनमा हुनुहुन्छ ।
पार्टी परीवर्तन चाहनेले मलाई जिम्मेवारी दिनुस्
यो बेलामा पार्टीका साथीहरुले पार्टी चलेको तरीका भएन, पार्टी चल्ने तरीका फेर्नुप¥यो, पार्टीमा नयाँ कुरा चाहियो, पार्टीको निती ठीक भएन, पार्टीले सरकारमा बस्दा ठीक ढंगले काम गरेन, पार्टीले आफ्ना साथीहरुको सम्मान गर्न सकेन, संविधान निर्माण पछिको चरणलाई सम्हाल्न सकेन, यी यावत कुराहरुमा हाम्रो सबैको गुनासो छ । तर यदी यी गुनासोहरु हो भने भोली मत व्यक्त गर्नेबेलामा मतमा व्यक्त हुन्छ कि हुँदैन भन्ने हो । यो कुरालाई साथीहरुले बुझिदनुहुन्छ भन्ने मैले आशा राखेको छु । पार्टीमा परीवर्तनको जसले खोजी गर्नुभएको छ । नेपाली काँग्रेस परीवर्तन हुनपर्छ भन्ने जसले ठान्नु भएको छ । २१ औँ सताव्तीको आकाँक्षा अनुसारको पार्टी बनाउनुपर्छ भनेर जसले चाहनु भएको छ । एउटा महत्वपूर्ण अवसर आएको छ । म नेपाली काँग्रेसको महामन्त्री हुँदै गर्दा त्यो जिम्मेवारी पूरा गर्न सक्छु भन्ने ठान्छु ।
अनर्गल प्रचार भयो
एउटा कम्बिनेशन मिलाएर गयौँ र निर्वाचित भयो भने पार्टीलाई बल पु¥याउँछ भनेर हामीले कृष्ण प्रसाद सिटौला नेतृत्वमा समूह बनाएर गएका हौँ । तर कतिपय ठाउँमा विभीन्न ढंगबाट यी उम्मेदवार बाँकी रहेनन्, यी उम्मेदवार छैनन् वा यी उम्मेदवार आफ्ना निम्ती मत मागीरहेका छन् भनेर अनर्गल प्रचार भईरहेको छ ।
आज निर्वाचन हुन्छ । भोली मतदान हुन्छ । पर्सी परिणाम आउँछ । निकपर्सीबाट संगै बसेर काम गर्नुपर्छ । तर यो फलानो व्यक्ति निर्वाचित भयो भने पार्टी बर्बाद हुन्छ । यो फलानो काँग्रेस नै होईन । फलानो आधि काँग्रेस हो । म चाहीँ पूरा काँग्रेस हो भन्ने ढंगबाट आज निर्वाचन जित्नका निम्ती कुतर्कहरु गरियो भने भोलीपल्टबाट रेकर्डमा रहन्छ । आज जसलाई लाल्छना लगाएका छौँ भोली त्यही व्यक्ति नेतृत्वमा निवाृचित भएर आयो भने कसरी नेतृत्व मानेर जनताका माझमा जाने ? शेर बहादुर देउवा, कृष्ण सिटौला, रामचन्द्र पौडेल जो निर्वाचित भएर आएपनि उहाँको काँधमा पार्टीालाई एकढिक्का बनाएर लैजाने जिम्मेवारी हुन्छ । महामन्त्रीले पार्टीको कार्यकारीणीको जिम्मेवारी लिनुपर्छ । त्यसैले अत्यन्तै स्वस्थ ढंगले प्रतिस्पर्धा गर्न आग्रह गर्छु ।
अप्ठ्यारोमा म छु, जोखिममा
मैले जीवनका मैले जीवनमा एउटा कठोर राजनीतिक निर्णय गरेर महामन्त्रीको रुपमा प्रस्तुत भएको छु । मलाई महाधिवेशनमा जाँदा यो अप्ठ्यारो भएको छ । तनाव भएको छ । एउटै परिवारबाट दुईजना एउटै पदमा प्रतिस्पर्धा गर्दै गर्दा त्यो अप्ठ्यारो परविारमा मात्र छैन । पार्टी भनेको पनि परीवार जस्तै हो । पार्टीका साथीहरुले पनि कसलाई मत हाल्ने भनेर तनाव भएको कुरा गर्नुभएको छ । मैले यो नीयतीले हाम्रो पुस्तालाई सुम्पेको दायीत्व हो । यो दायीत्व अरु साथीहरुले निर्वाह गनुर््पथ्र्योँ । अप्ठ्यारोमा म छु। जोखिममा म छु । अरुले नउठाएपछि मैले पनि जोखिम उठाउनुपर्छ भनेर लागिरहेको बेला बडो हल्का ढंगबाट, सतही ढंगबाट गलत ढंगले प्रचार नगरीदिनुहुन् । यो विष राजनीतिक विषयमा हैन, नैतिकताको विषय पनि हो ।
केन्द्रिय सदस्यको सन्दर्भमा समूह निर्माण भएर जाँदैन । केन्द्रिय सदस्यहरुको पनि निर्वाचन गरेर गयौँ भने त्यसले अझै बढी समानान्तर गुटकै अवस्थामा यसलाई पु¥याउँछ । यसालाई सिँगो प्यानलको रुपमा ल्यायौँ भने छुट्टै धारणा हुन्छ । यसलाई चौँतारी भनौँ । नेपाली कँग्रेसभित्र नेतृत्व परीवर्तन हुनुपर्छ । केही नयाँ जिम्मेवारीको साथमा नयाँ अुनहारहरु आउनुपर्छ भन्ने कुराका लागि हामीले यसो गरेका हौँ ।
शेरबहादुर देउवा र रामचन्द्र पौडेल अविभावक बस्नुस्
हामीले लामो समयदेखि पार्टीमा एउटा अविभावक चाहिन्छ भनेर भनेका छौँ । शेर बहादुर देउवा र रामचन्द्र पौडेल पार्टीका निम्ति अविभावकको रुपमा रहेर निरन्तर मार्गदर्शन पार्टीलाई चाहिएको छ । उहाँहरुको सक्रिय भुमिका हैन अविभागको भूमिका रहोस ।
दोश्रो पंक्तिका नेताहरु मध्ये जो नेताहरु आउनुभयो भने जो हामीलाई मन पर्छ उसैलाई अगाडी लिएर जान्छौँ भनेका हौँ तर एकजना मात्र आउनुभयो । मैदानमा धेरै आउनुभएको भए छनौटको विषय हुन्थ्यो होला । एकजनामात्र आउनुभयो ।त्यसैले पार्टीमा एउटा जोखिमको कुरा हुदो रैछ । १२ बुँदै देखि संविधान निर्माण सम्मको यो चरणमा पुरा गरेको महत्वपूर्ण पात्र र त्यसमा आन्दोलन सिर्जना गरेका कार्यकर्ता भएर काम गरेका हामीहरु संगै रहेर बस्दा संविधानको पक्षपातीको रुपमा उभिएका छौँ ।
यो परीवर्तन नै ठीक थिएन कि, भोली परीवर्तनलाई पुनराबलोकन गर्नुपर्छ कि । संघियता समावेशीता यावत विषयहरु नेपालको सन्दर्भमा उपयुक्त विषय होईनन कि भन्ने कुरा लर्तरो हो । राजनीतिक अभिव्यक्ति होईन । यसले नेपालको राजनीतिक कोर्ष नै परीवर्तन छौँ । अहिले हामी यही कोर्ष ठीक छ, यहीबाट नेपाली समाजलाई अगाडी बढाएर लैजानुपछृ भन्नेहरुको समूह हो यो । यही आधार नै हाम्रो जित्ने आधार हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.