-->
पोखराको बुद्धचोकमा बच्चाको विभत्स हत्या, शव आधा काटिएको अवस्थामा भेटियो


पोखरा, १६ चैत-
पोखराको बुद्धचोकमा आधा काटिएको अवस्थामा बच्चाको शव फेला परेको छ । बुद्धचोकस्थित सडक छेउ नजिकै कम्मर भन्दा माथिको भाग नभएको अवस्थामा शव भेटिएको हो ।
स्थानीय बासिन्दाले मंगलबार बिहान शव विभत्स अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको छ । बच्चा कसको हो र कसरी शव त्यहाँ भेटिएको भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्थानीय बासिन्दाले भने बच्चाको हत्या गरि शव फालिएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न र दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।ताजा खबर बाट।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.