-->
साउदीमा मृतकको रकम खाने पूर्व राजदूत भ्रष्टाचारी ठहर

काठमाडौं, २ चैत । मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा मुछिएका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
विशेषले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ ।
अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
ती कामदारका आफन्तले पहिलो र दोस्रो किस्तामा २७ हजार र २० हजार रियल पाउनुपर्ने थियो ।
पछिल्लो किस्ता भने राजदूतले आफ्नो नाममा निकालेर पीडित आफन्तलाई नदिएको प्रमाणित भएको छ ।
अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.