मुम्बई । बलिउड अभिनेत्री विपाशा बसुले विहे गर्ने मिति तय भएको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिपासाले आफ्ना प्रेमी करण सिंह ग्रोवरसँग विहे गर्न लागेकी हुन् ।
बलिउडका नयाँ अभिनेता करणले हालसम्म दुई विहे गरिसकेका छन् । जसमा दुबै श्रीमतीसँग डिभोर्स पनि गरिसकेका छन् । तेस्रोमा विपाशालाई जिवनसंगीनी बनाउँदैछन् ।
उनको पहिलो बिबाह टिभी सिरियलकी अभिनेत्री श्रद्धा निगमसँग भएको थियो भने दोस्रो बिबाह पनि टिभी अभिनेत्री जेनिफर विंगेटसँग भएको थियो, अहिले दुवैजनासँग सम्बन्ध विच्छेद भइसकेको छ ।
फिल्म अलोनको सेटमा बिपासासँग करणको पहिलोपटक भेट भएको थियो । उक्त भेटले दुबैलाई नजिक बनायो र विहे गर्ने स्थितीसम्म पुगायो ।
उसो त विपाशाको नाम पनि विभिन्न पुरुषसँग जोडिदै आएको छ तर, उनले कसैसँग विहे गरिनन् । लामो रोमान्सपछि बिपासाले प्रेमीहरुलाई इन्कार गर्दै आएकी छिन् । डिनो मारियो, जोन अब्राहमसहित धेरै पुरुष बिपासको जीवनमा आए । तर अहिले बिपासा एकाएक बिबाहका लागि तयार भएकी हुन् । तर यस विषयमा अन्य केही कुरा खुलाइएको छैन् ।
विहे मिति तय भएपछि विपाशा र करण निकै खुशी भएका छन् । भारतीय संचारमाध्यमका अनुसार ३० अप्रिलसम्म करण र बिपासा बिबाह बन्धनमा बाँधिने छन् । बिबाहको मितिबारे करण र बिपासाले केही बोलेका छैनन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...