-->
हवाई आक्रमणमा तेह्र तालिवान आतङ्ककारी मारिए


अफगानिस्तान, अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको आर्ची जिल्लाको दसत ई इलाकामा लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी सोमबार गरिएको हवाई आक्रमणमा एक दर्जन भन्दाबढी सशस्त्र आतङ्ककारी मारिएका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता हुज्रातुल्लाहले सोमबार सो जानकारी दिनुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दसत ई इलाकामा स्थानीय समयाअनुसार विहान ६ बजेबाट तालिवान लुकेर बसेको स्थानलाई लक्ष्यगरी सो आक्रमण गरिएको बताइएको छ ।
आर्ची जिल्लामा भएको यस हवाई कारबाहीमा १३ आतङ्ककारी मारिएका हुज्रातुल्लाहले सिन्ह्वा समाचार समितिलाई बातउनु भएको छ ।
एकहप्ता अघिबाट नै प्रहरी कारबाही जारी रहेको यस दसत इ आर्ची जिल्लामा सोमबार भने हवाई आक्रमण गरिएको जनाइएको छ । News24Nepal.com बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.