एजेन्सी । तमिलनाडुको तिरुनेलवली जिल्लामा प्रहरीले एक निजी स्कूलकी २३ वर्षीया शिक्षिकालाई १५ वर्षीय छात्रको अपहरण र यौन दुर्व्यवहार गरेको अभियोगमा गिरफ्तार गरेको छ । समाचार अनुसार शिक्षिका गीता (नाम परिवर्तन) गतवर्ष आफ्नै क्लासका श्याम नामका छात्रसँग भागेकी थिइन् । तिरुनेलवली प्रहरीले भनेको छ कि शिक्षिका गर्भवती छिन् । उनी गतवर्षको ३१ मार्चमा वेपत्ता भएकी थिइन् । त्यसको लामो समयपछि उनी र श्याम तिरुपुर नजिकैको एक निजी मिलमा देखिएका थिए जहाँ दुबै मिलेर काम गर्थे । त्यहीबाट शिक्षिकालाई पक्राउ गरिएको हो ।
आफ्नै शिक्षिकालाई भगाएका श्यामका परिवारले प्रहरीमा दर्ता गराएको आफ्नो उजुरीमा भनेका थिए– आफ्नी शिक्षिकासँग भाग्ने क्रममा श्यामले घरबाट १० हजार रुपैयाँ र सुनका गहना पनि लगेका थिए ।
तिरुनेलवलीको जिल्ला प्रहरीले शिक्षिकाविरुद्ध भारतीय दण्ड संहिता अन्तर्गतका विभिन्न धाराहरुका साथै बालकको यौन अपराधदेखि सुरक्षा कानून ऐन अन्तर्गतसम्म मुद्दा लगाइएको छ । शिक्षिकालाई अदालतमा पेस गरिएको थियो जहाँ उनलाई न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ ।
शिक्षिकाको पेटमा श्यामको बच्चा छ । तर, उनी १५ वर्षको मात्रै भएको र १८ वर्ष नपुगी विहे गर्न नपाउने प्रावधान अन्तर्गत शिक्षिका गीता आफ्नै छात्रसँग भाग्दा फसेकी छिन् । दुबैले विहे समेत गरिसकेका थिए । दैनिक नेपाल बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...