कांग्रेस कोषाध्यक्षमा सीतादेवी यादव बिजयी
काठमाडौंः नेपाली कांग्रेसको कोषाध्यक्षमा रामचन्द्र पौडेल प्यानलकी सीतादेवी यादव विजयी भएकी छन् ।
उनले सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलकी चित्रालेखा यादवलाई नाै मतले पराजित गर्दै कोषाध्यक्षमा विजयी हुन सफल भएकी छन् ।
कांग्रेसको निर्वाचन समितिले सीतादेवी विजयी भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
प्रारम्भीक मतगणनामा चित्रालेखाले अग्रता लिएपनि अन्तिममा सीतादेवी कोषाध्यक्ष बन्न सफल भइन् । यी दुई नेतृबीच अन्तिमसम्म ५ मतको फरक रहेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...