-->
सरकार ढल्ने चर्चाकाबीच केपी ओलीले आफै तोके आफ्नो सरकारको आयु


२६ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षसम्म सरकार परिवर्तन नहुने बताएका छन् । काङ्ग्रेस र मधेशवादी दलसमेतको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने उनको भनाइ छ ।
बुधबार जिल्ला विकास समिति झापाले आयोजना गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले दलहरुबीच भएको १६ बूँदे सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन हुने बताएका हुन् ।
फाइल तस्बिर
गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा सरिक हुन पुगेका प्रधानमन्त्रीले अवको लक्ष्य आर्थिक विकास र समृद्धि हुने बताए । एक वर्षमा अहिलेको भन्दा तीन गुणाबढी विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यवसायिक पशुपालनमा जोड दिए ।
संविधान जारी भएपछि उत्पन्न राजनीतिक सङ्कट व्यवस्थापन भइसकेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले विकास योजनालाई प्राथमिकतामा राखेको बताए । उनले पूर्व पश्चिम राजमार्गलाई छ लेनको बनाउने विषयमा अमेरिकी संस्थासँग छलफल भइरहेको जानकारी दिए ।
ओली सरकार ढाल्ने यस्तो छ गेम प्लान ! विकल्प नम्बर २ मा प्रचण्ड
कांग्रेसको महाधिवेशन सम्पन्न भए लगत्तै सरकार परिवर्तन हुने चर्चा चलिरहेको बेला प्रधानमन्त्रीले सरकार अझै २ वर्ष टिक्ने दावी गरेका हुन् ।
गगनको बारेमा अर्जुनको भविष्यवाणी मिल्यो
गगनको पराजयपछि गगन पत्नि अञ्जनाको प्रतिक्रिया
भित्र भित्रै ओली सरकार ढालेर नयाँ सरकार बनाउने खेल शुरु भैसकेको बताइन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.