-->
एयरपोर्टबाट उडेको एक मिनेटमै विमान खस्यो, ८ जनाको मृत्यु

काठमाडौं, ७ चैत । संसारभर विमान दुर्घटनाका खबर आइरहेका बेला ब्राजिलको साओपाउलो शहरमा आज एक जहाज उड्ने बित्तिकै दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा परी विमानमा सवार सबै ७ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
सात सिटे यो जहाज साओपाउलोको क्याम्पो डी मारटे एयरपोर्टबाट उड्नेवित्तिकै अग्लो भवनमा ठोक्किएर खसेको थियो । यसक्रममा जमिनमा सवार एक व्यक्ति पनि घाइते भएका छन् ।
यो दुर्घटनामा परी चर्चित माइन कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नेली र उनका परिवारका सदस्यहरुले पनि ज्यान गुमाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम का अनुसार जहाज दुर्घटनाको कारण खुल्न सकेको छैन ।
रोजर एग्नेली
स्थानीय समयअनुसार ३ बजेर २० मिनेटमा भएको यो दुर्घटनाग्रस्त विमानमा दुई पाइलटका साथै अन्य ६ यात्रु सवार रहेको स्थानीय अग्नि नियन्त्रण विभागका प्रवक्ताले बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.