१४ चैत, जनकपुरधाम । धनुषामा सौतेनी आमा र भिनाजुले १५ वर्षीया किशोरीको हत्या गरेका छन् ।
जिल्लाको विक्रमपुर गाविस निवासी फुलगेन यादवकी १५ वर्षीय छोरी सुनिताकुमारी यादवको घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
यादवकी कान्छी श्रीमती र ज्वाई रामजीवन यादवबीच अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि सुनिताको थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
होलीकादिन अनैतिकक्रियाकलापमा संलग्न रहेकै अवस्थामा मृतक सुनिताले सौतेनी आमा र भिनाजुलाई देखेपछि पोल खुल्ने डरले घाँटी थिचि हत्या गरिएको स्थानीयले बताए ।
मृत बालिकाको शव घाँस-पराल तथा भुसा राख्ने घरमा फालेको अवस्थामा सोही टोलका एक युवकले देखेपछि प्रहरीलाई खबर गरेको स्थानीयहरुले बताए ।
रामजीवन यादव फुलगेनका पहिलो श्रीमतिको छोरी ज्वाई हुन् भने मृतक सुनिता पनि पहिलो श्रीमतीकै छोरी हुन् । यता घटना पश्चात घरका सम्पुर्ण सदस्यहरु फरार रहेकाले घटना झन जटिल बन्दै गएको जिल्लाप्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आरोपित रामजीवन यादवको ज ५ प ५३२५ नम्बरको मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...