सरकार परिवर्तन भए नौलो विषय नहुने भनाई
भक्तपुर, २ चैत । उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार परिवर्तन भए कुनै नौलो बिषय नहुने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले नेपालका हरेक सरकारको निर्माणमा छिमेकीको प्रभाब रहने भएता पनि वर्तमान सरकार उसको इच्छा बिपरित भएकाले सकेसम्म सरकार परिवर्तनमा लागेको बताउनु भएको छ । उहाँले छिमेकीकै इच्छा अनुसार नेपालमा सरकार निर्माण हुने परम्पराको अन्त्य भएता पनि काँग्रेसले आफ्नो महाधिबेशनमा नाकाबन्दीका बारेमा कुनै उल्लेख नगर्नुले समेत सरकार परिवर्तनको सम्भावना रहेको बताउँदै उहाँले भन्नुभयो– २००७ साल यता झन्डै १३ सय नेपालीका सन्तान मन्त्री भइसकेका छन् ।
उहाँले आफू बिगतदेखि नै संघियताको बिपक्षमा रहेको भन्दै वर्तमान सरकारमा आफूले मन्त्री पदसँग संघियता नसाँटेको बताउनुभयो । उहाँले संघियता नेपालीको चाहना नभएर बिदेशीले लादिदिएको बिषय भएकाले नेपालीले संघियता कसरी नेपालमा आयो र कसले नेपालमा संघियताको बिषयलाई प्रयोगको थलो बनाइ रहेकोबारे स्पष्ट भइसकेको बताउनुभयो ।
सिमांकनकै नाम लिएर जसरी आन्दोलन भयो त्यो भारतको बटमलाइन भएको भन्दै आठ जिल्लालाई छुटाइसकेको र १२ जिल्लालाई समेत छुटाउन लागेको केसीको दाबी छ ।
भारतकै इशारामा मधेश आन्दोलन भएको दाबी गर्दै केसीले नेपाललाई सके सिक्किम नसके भुटान बनाउन लागि परेको भारतले अन्तत नेपाललाई भारतमा गाब्ने योजना बुनेको आरोप लगाउनुभयो । सिमांकनमा हेरफेर गर्न साथ नाकाबन्दी मधेशी दलहरुले फुकुवा गर्न अगावै भारतले खोल्नुले पनि मधेश आन्दोलन कसले गरेको हो भन्ने स्पष्ट भएको टिप्पणी गर्नु भयो । ं
उहाँले छिमेकीकै इशारामा १७ दिनमै संबिधान संशोधन गर्नुले पनि नेपाल पूर्ण स्वतन्त्र नरहेको उहाँको भनाइ छ । उहाँले भुगोल र जनसंख्याको आधारमा सिमांकन गरिने संबिधानमा उल्लेख गरिएता पनि जनसंख्याको आधारमा सिंमाकन गरेर देश टुक्राउने काम गरिएको उहाँले बताउनुभयो ।
सहकारी नीति निर्माणमा दलालहरुको हालीमुहाली बढेको र आफू त्यसको बाधक बनेको भन्नेहरुले सहकारीलाई कमाइ खानेहरुका लागि नीति निर्माण गर्न दबाब आएता पनि आफू त्यसको बिपक्षमा रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालले अन्य मूलकसँगको पारवहान सन्धिका लागि समेत बाटो खुल्नुका साथै भारतसँगको परनिर्भरताको अन्त्य हुने भन्दै उहाँले भारतसँग समेत सम्बन्ध सुधार गर्दे अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...