प्रशंग १ः
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा उनका निजी सचिव वीरेन्द्र दाहालले भारतीय रक्षामन्त्री जर्ज फर्नान्डिजललाई मोटरसाइकलमा पछि राखेर खासा छिराए । त्यो सुविधा चीनले सीमामा बसेका नेपालीलाई मात्र दिएको थियो । त्यसको दुरुपयोग गर्ने काम भयो । चीनको विश्वासमाथि घात भयो ।
प्रशंग २ः
कर्मपालाई खम्पाहरुको फौजी क्याम्प रहिसकेको मुस्ताङबाट हेलिकोप्टरमा हालेर सुजाता कोइरालालगायतले भारत छिराए । मुस्ताङ नाका खोल्न आजसम्म चीन आनाकानी गर्छ ।
प्रशंग ३ः
नेपालका लागि चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर वाइ दोङमिङले तयार पारेको एउटा रिपोर्टमा नेपालको जलविद्युत क्षमता ८३ हजार मेगावाट भन्नेकुरा गलत रहेको र खास क्षमता १ लाख ५० हजार मेगावाट रहेको उल्लेख थियो । त्यसलाई पहिचान गरेर चीनले नेपालसँग मिली यहाँका नदीबाट जलविद्युत उत्पादन गरेर भारत बंगलादेशलगायत देशमा बेच्ने प्रस्ताव अघि सा्रयो । २० हजार मेगावाटको एउटै थ्रि गर्जेज आयोजना बनाउन सक्ने चीनका लागि यो असम्भव पनि थिएन ।
यसकैका लागि नेपालबाट अध्यक्षसहित ४ जना र चीनबाट ३ जना रहने स्टेरिङ कमिटी बनाउन प्रस्ताव पनि गर्यो । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपप्रमुख आइ पिङले यहि विषयमा बिहारका मुख्यमन्त्री नितिश कुमारलगायत सम्बद्ध सबै पक्षसँगा वार्ता गरे । डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चीनका प्रधानमन्त्री वेन जिआबाओ ८ घण्टाका लागि नेपाल आएका बेला यही विषयलाई मूर्त रुप दिन दुई अध्ययन र उत्पादनबारे प्रस्ताव अघि सारिएको थियो । तर, अन्तिम समयमा त्यो प्रशंगलाई संयुक्त विज्ञप्तिबाट झिकेर फालियो । योजना त्यही तुहियो, नेपाल र चीनबीचको अविश्वासको खाडल बड्यो । जनआस्था साप्ताहिकमा समाचार छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...