-->
भारतीय मोडल अर्शीको गर्भमा पाकिस्तानी क्रिकेटर शहिद अफ्रिदीको बच्चा!


अभिनेत्री तथा मोडल अर्शी खानले आफ्नो पेटमा शहिद अफ्रिदीको बच्चा रहेको बताएकी छिन्। हिजो मात्र टि–२० कपमा बंगलादेशका विरुद्ध प्रभावशाली प्रदर्शन गरेर चर्चामा आएका पाकिस्तानी क्रिकेटर शहिद अफ्रिदीसँग यौनसम्बन्ध राखेको कुरा उनले केही समयअघि नै बताइसकेकी थिइन्।
सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै उनले भनेकी छिन्,‘म अर्शी खान हुँ र अहिले कलकत्तामा छु। मानिसहरु भनिरहेका छन् कि म शहिद अफ्रिदीको बच्चाकी आमा बन्दैछु। यो कुरा सत्य हो म शहिद अफ्रिदीको बच्चाकी आमा बन्दैछु। मेरो गर्भमा तीन महिनाको बच्चा हुर्किरहेको छ। म आमा बन्ने भएपछि मेरी आमा र शहिद दुवै निकै खुशी छन्।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.