-->
मधेसी मोर्चाको बैठक बस्दै, सरकारलाई अल्टिमेटम दिइने

काठमाडौं, २७ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मधेस आन्दोलनका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ ।
दिउँसो दुई बजेपछि तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्लाय बिजुलीबजारमा बस्ने बैठकमा समग्र आन्दोलन र प्रधानमन्त्री केपी ओलीलाई बुझाउने ज्ञापनपत्रका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘आन्दोलनको समीक्षा, प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रको भाषा, सरकारलाई दिनइने अल्टिमेटमलगायतका विषयमा छलफल गर्न मधेसी मोर्चाको बैठक बस्न लागेको हो’, महासचिव सुमनले भन्नुभयो ।
मधेसी मोर्चाले फागुन २५ गतेदेखि अर्को चरणको आन्दोलन गर्दै आएको छ । सभा र हस्ताक्षर । पाँच गते प्रदर्शैन, सात गने होलिका दहन । पर्सी गौरमा कार्यक्रम ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.