काठमाडौं, २४ चैत । ‘म आज यो पदमा छु, भोलि नरहन सक्छु, तर राष्ट्र त रहिरहन्छ । तपाई नेपाली नागरिक, अन्तर्राष्ट्रिय मञ्चमा गएर गलत कुरा बोल्दै आफ्नो देशको बेइज्जत गर्ने ?’ अप्रत्यासित रुपमा अध्यक्षसहित राष्ट्रिय मानवअधिकार आयोगका सबै सदस्यलाई सिंहदरबार बोलाएर गत आइतबार प्रधानमन्त्री केपी ओलीले एक जना सदस्यमाथि यसरी खनिएका हुन् ।
शनिबार ज्येष्ठ नागरिक मञ्चद्वारा आयोजित सम्मेलनमा भाग लिन दोलखा जाँदै गरेका अध्यक्ष अुनपराज शर्मा अघिल्लो दिन राति फोनमार्फत प्राप्त प्रधानमन्त्रीको निम्तो मान्नैका निमित्त यसै बसेका थिए । तर, आइबार ११ बजे प्रधानमन्त्री कार्यालयमा बोलाइएका उनलाई केपी अोलीले दुई घण्टा लगातार पेलेपछि बेकार दोलखा गइनछु भन्ने अनभूति भयो ।
आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले ३ चैतमा संयुक्त राष्ट्र संघीय मावनअधिकार आयोगको बैठकसमक्ष २ मिनेटको आवधिक प्रतिवेदन पेस गर्दै राजेन्द्र महतो शैलीमा आफ्नो सरकारमाथि सत्तोसराप गरेको प्रतिक्रियास्वरुप ओली त्यसरी खनिएका रहेछन् ।
मोहनाको प्रतिवेदनमा मधेस आन्दोलनको दौरान ५५ जना मारिएको, नयाँ संविधानप्रतिको अविश्वासले गर्दा तराई अशान्त भएको, राजनीतिक मुद्धा र मतभिन्नताको स्थिति जटिल रहेको, दण्डहितताको मात्रा भयावह भएको, आमाको नामबाट सन्तालाई नागरिकता दिलाउन मुस्किल परेको, अत्याधिक बल प्रयोग गरेर मधेसमा मानिस मारिने घटनाको विस्तृत छानविन हुनुपर्ने व्यहोरा उल्लेख थियो ।
उक्त प्रतिवेदनको शब्द शब्द केलाउँदै प्रधानमन्त्रीले सोधे, कस्तो भाषण गर्नुभाको त्यो ? त्यतिबेला ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि ज्यान गएको थियो । के तिनलाई पनि सरकारले नै मार्न लगाएको हो ? जनआस्था साप्ताहिकमा समाचार छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...