-->
अमेरिकी राष्ट्रपतिका प्रत्याशी ट्रम्पका लागि नाङ्गिएर उपद्रो मच्चाउँदै युवतीहरु

एजेन्सी । महिलाविरुद्ध बोल्ने अमेरिकी राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पका लागि युवतीहरु नाङ्गिएर प्रचारमा लागेका छन् ।
ट्वीटर एकाउन्ट ‘बेब्स फोर ट्रम्प’मा सय भन्दा बढी सुन्दरीहरु उनका लागि अनड्रेस्ट (न्यूड) हुनका लागि तयार भएका छन् । यी सुन्दरीहरुका अर्धनग्न तस्वीरहरु हरेक दिन यो ट्वीटर एकाउन्टमा शेयर भइरहेका छन् । बेब्स फोर ट्रम्प नामको एकाउन्टलाई ६ हजार बढीले फ्लो गरेका छन् ।
समाचार अनुसार यदि यी सुन्दरीहरुले यस्तो अभियान निरन्तर जारी राखे डोेनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार बन्ने र फेरि हिलारी क्लिन्टनलाई हराएर राष्ट्रपति पनि बन्न सक्ने विश्वास गरिएको छ । ट्रम्पको क्याम्पमा सुन्दरीहरुको ठूलै संख्या देखिन्छ । यी सुन्दरीहरुले अमेरिकाको झण्डाको विकनी लगाउने गरेका छन् ।
धेरैले निर्वाचन जित्न यस्तो(नग्न) प्रचार शैलिको आलोचना गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.