उसेन बोल्टले भने, 'गेल हरूवा हुन्'(भिडियो)
एजेन्सी किंग्सटन (जमैका),
विश्वप्रख्यात धावक उसेन बोल्टले वेष्ट इन्डिजका ब्यासम्यान क्रिस गेललाई 'हरूवा'को उपमा दिएका छन्।
यु ट्युबमा अपलोड गरिएको एउटा भिडियोमा जमैकन धावक बोल्टले एउटा गीत गाएका छन्, 'मार्लोन च्याम्पियन हुन्, स्यामुएल च्याम्पियन हुन्, कार्लोस् च्याम्पियन हुन्, ब्राभो च्याम्पियन हुन्, गेल च्याम्पियन हुन् र वेष्ट इन्डिज च्याम्पियन हो।' यसैमा उनले थपेका छन्, 'गेल हरूवा हुन्।'
बिष्फोटक ब्याटिङमा किर्तिमान बनाएका गेलले विश्वकपको फाइनलमा राम्रो प्रदर्शन गर्न सकेनन्। ईंग्ल्याण्ड विरूद्धको फाइनल खेलमा उनी ५ रनमै आउट भए। यो खेल ४ विकेटले जित्दै वेष्ट इन्डिजले उपाधि जितेको थियो।

0 comments
प्रतिक्रिया दिनुहोस्...