म्यानचेस्टर युनाइटेडका खेलाडी चढेको गाडीमा आक्रमण
वैशाख २९ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीको गाडीमा वेष्ट ह्यामका समर्थकले आक्रमण गरेका छन् । प्रिमियर लिग अन्तर्गत
मंगलबार राति वेष्ट ह्यामसँगको खेलका लागी अपटन पार्ककको बोलियन मैदान गएको म्यानचेस्टर युनाइटेडका खेलाडीको बसमा वेष्ट ह्यामका समर्थकले आक्रमण गरेका हुन् ।
खेल अघि युनाडेटका खेलाडी चढेको गाडीमा वेष्ट ह्यामका समर्थकले बोतल तथा रंगशालको कुर्सीले आक्रमण गरेका हुन् । आक्रमणबाट गाडीको सिसा चकनाचुर भएको थियो ।
फुटबल एसोसिएसनले आक्रमणको निन्दा गरेको छ । वेष्ट ह्यामका समर्थकले गरेको आक्रमणका विषयमा छानविन गरिने एफएले जनाएको छ ।
खेलपछि म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनीले घटना राम्रो नभएको र गाडीको सिसा चकनाचुर भएको बताए । खेलमा युनाइटेड ३–२ ले हार्यो ।
आफ्ना समर्थकको कार्यबाट वेष्ट ह्याम लज्जित भएको हुनुपर्ने रुनीले बताए । युनाइटेडका खेलाडी जेसे लिङगार्डले खिचेको भिडियोमा खेलाडी चिच्याएको, हाँसेको तथा लुकेको देख्न सकिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...