-->
भक्तपुरमा १२ हजार नयाँ मतदाता थपिए

भक्तपुर, जेठ ९ – भक्तपुरमा दोश्रो संविधानसभाको निर्वाचनपछि १२ हजार मतदाता थपिएका छन् । 

जिल्लामा २०७० सालको संविधान सभाको निर्वाचन अघि एक लाख ४९ हजार पाँच सय ५८ जना मतदाता रहेकोमा हाल १२ हजार सात सय पाँच जना मतदाता थपिएर कुल एक लाख ६२ हजार दुईसय ६३ जना मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनभयो । 

वृद्धी भएको मतदाता संख्यामा महिला ६ हजार तीन सय ९७ तथा पुरुष ६ हजार तीन सय आठ जना रहेका छन् । २०६७ सालदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा र त्यसअघिदेखि नै जिल्ला निर्वाचन कार्यालयमा दैनिक मतदाता नामावली संकलन हुने गरेकोे छ । 

भक्तपुरमा पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ । यहाँ महिला मतदाताको संख्या ८२ हजार तीन सय ६५ र पुरुष मतदाताको संख्या ७९ हजार आठ सय ९८ जना रहेको राईले जानकारी दिनुभयो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.