-->
स्कूल बस पल्टिँदा २२ जना घाइते

क्षेत्रस्थित एक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका छन् ।
थाहा नगरपालिका–८, शिखरकोटमा रहेको हिमालयन इंगलिस सेकेन्डरी बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस मंगलबार बिहान पल्टिँदा दुर्घटना भएको हो । घाइतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा भइरहेको छ ।
घाइतेहरुको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी चिनिया लामाले बताए । थोत्रो बस तीव्र गतिमा चलाएकाले सडकमा पल्टिएको स्थानीयबासीले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.