अष्टिन (टेक्सास ), ११ जेठ । धुर्मुस सुन्तली फाउण्डेसन मार्फत चर्चीत हास्य कलाकार धुर्मुस र सुन्तलीले सिन्धुपाल्चोकमा शुरु गरेको गिरान्चौर एकिकृत नमुना वस्ती निर्माणका लागी अमेरीका स्थित टेक्सासको अष्टिनमा सहयोग रकम संकलन कार्य तिब्र पारिएको छ ।
सहयोगी हातहरुलाई साथ दिन भन्दै स्वतस्फुर्त रुपमा अष्टिन निवासी भुपेन्द्र न्यौपाने, अनिल दुलाल लगायतका युवाहरुको सक्रियतामा शुरु भएको सहयोग रकम संकलन अभियानले हाल व्यापकता पाएको हो ।
हाल सम्म अष्टिनका बिभिन्न क्षेत्रमा बसोवास गर्ने नेपालीहरुका सहयोगी हातहरु मार्फत ७ हजार ३ सय ७७ डलर अर्थात नेपाली करिब साढे ८ लाख संकलन भएको सहयोग संकलन अभियानकर्ता अनिल दुलालले जानकारी दिए । उनका अनुसार यो अभियानलाई अझै करिब १ साता निरन्तरता दिइनेछ जसबाट संकलन भएको सबै रकम फाउण्डेसन लाई प्रदान गरिनेछ ।
यो अभियानमा सरिक भएर सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिंदै अर्का अभियान कर्ता भुपेन्द्र न्यौपानेले सहयोग गर्ने सबैको नामावली प्रकाशित गरिने बताए । हाम्रो सानो सानो सहयोगले पनि वस्ती निर्माण कार्यमा सहयोग पुग्ने बताउंदै न्यौपानेले यस्तो सामाजिक कार्यका लागी सहयोग गर्न सबैलाई आग्रह गरे ।
सहयोग गर्न चाहनेले भुपेन्द्र न्यौपानेको सम्पर्क नम्बर ५१२६५०६६२५ तथा अनिल दुलालको सम्पर्क नम्बर ५१२७०५९९४४ मा सम्पर्क गरेर सहयोग गर्न सकिने बताइएको छ । फाउण्डेसन मार्फत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको वडा नम्बर ८ मा गिरान्चौर एकिकृत नमुना वस्ती निर्माण शुरु गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...