-->
आइपिएल : दिल्ली डेयरडेभिल्स विजयी

जेठ ८ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै अन्तिम चारमा पर्ने सम्भावना जिवित बनाएको छ । दिल्लीले खेलकोे अन्तिम बलमा लक्ष्य भेटेको हो ।

टस जितेर पहिले बलिङ गरेको दिल्लीले १ सय ५९ रनको लक्ष्य पाएको थियो । हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । 
हैदरावादका लागि डेभिड वार्नरले ५६ बलमा ७३ रन बनाए । दिल्लीका करुन नायरले उत्कृष्ट ब्याटिङ गर्दै ५९ बलमा ८३ रन बनाए । अन्तिम बलमा चौका हानेर नायरले दिल्लीको 
अन्तिम चारमा पर्ने सम्भावना कायम बनाए । दिल्लीले अन्तिम चारमा पुग्न आइतबार बैंगलोरलाई हराउनुपर्छ । शुक्रबारको खेल हारेपनि १६ अंकसहित हैदराबाद तालिको शीर्ष स्थानमा कायमै छ । १४ अंक भएको दिल्ली छैठौं स्थानमा छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.