संविधान पुनर्लेखनको माग नेपाल विरुद्धको षडयन्त्र: प्रधानमन्त्री
काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पुनर्लेखनको माग नेपाल विरुद्धको कपटपूर्ण षडयन्त्र भएको दावी गर्दै त्यो कुनै हालतमा हुन नसक्ने बताएका छन् ।
एमाले केन्द्रीय सचिवलयले सो पार्टीका महासचिव जननेता मदनभण्डारीको २३ औ स्मृतिमा सोमबार आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले त्यो कस कसको षडयन्त्र हो भन्ने चाहि खुलाएनन् ।
‘केही मानिसहरु अझै पनि संविधान पुनर्लेखनको माग गर्छन्, त्यो माग नेपालविरुद्ध कपटपूर्ण षडयन्त्र हो, म भन्छु कुनै हालतमा पुर्नलेखन हुन सक्दैन’ ओलीले भने ।
ओलीले संविधानसभाले विधि प्रक्रिया अपनाएर लोकतान्त्रिक विधिबाट दुईतिहाई भन्दा बढि जनप्रतिनिधिले जारी गरेकोले त्यसलाई अर्को कुनै निकायले पुनर्लेखन गर्न नसक्ने बताए ।
जनताका जायज माग र जायज बिषयलाई संसदमा संशोधन मार्फत भने सच्यउन सकिने प्रधानमनत्रीले बताए । अहिलको सरकार जनताको भएकोले जायज माग सुन्न र पुरा गर्नका लागि आन्दोलन गरीरहनु नपर्ने उल्लेख गरे ।
उनले अहिलेको आन्दोलनको कुनै औचत्य नभएको दावी गर्दै मधेशका नाममा मधेशका जनतालाई दुख दिएका कारण त्यहाबाट लखेटिए पछि काठमाडौमा शुरु गरिएको आरोप लगाए। ‘सडकमा उभिएर दुई चार जना मान्छेले ट्राफिक जाम गरेका छन् । सरकारले एक दुई दिन मात्र छुट दिन्छ, त्यसपछि चुप लागेर बस्दैन’ ओलीले भने ।
संविधान जारी गर्दा संविधानसभाले बलजफती गर्यो भन्नु आश्चर्यको बिषय भएको बताए । ‘संविधान बल जफती भयो भन्नु, निर्वाचन बलजफती भयो भन्नु हो, निर्वाचन बलजफती भयो भन्नु ठूलो पार्टी बल जफती भयो भन्नु हो, ठूलो पार्टी बलजफती भयो भन्नु मलाई बलजफती प्रधानमन्त्री भयो भन्नु हो’ ओलीले भने ।
उनले आफुलाई केही समय पहिला हटाउछु भनेर हात किल किलेमा ल्याइसके पनि त्यो असफल भएको बताए । ‘मलाई कसैले शिरमा हात राखेर प्रधानमन्त्री भइस बेटा भनेर आर्शिवाद दिएर प्रधानमन्त्री बनाएको होइन, संसदमा लोकतान्त्रिक बिधिबाट भएको हुँ मैले त्यो विधिलाई मात्र स्वीकार गर्छु,’ प्रधानमन्त्रीले भने ।
सरकार चलाउदा यस्ता कुरा आइरहने भएकोले आफूले त्यसको कुनै पर्वाह नगर्ने ओलीले बताए । ‘जस्तो सुकै बालियो पहलवानलाई पनि कहिले काहि रुघा खोकी लाग्छ । तर उसले पाँंचपटक हाच्छिउ गरेर पचाई दिन्छ’ ओलीले भने ।
प्रधानमन्त्रीले आफूले चीनीया रेल नेपालमा ल्याउन गरेको प्रतिबद्धता माथि प्रश्न गर्नेहरुको नियत ठीक नभएको बताए । ‘आज भन्दा ९५ बर्ष अगाडि चन्द्रशम्सेरले पनि रेल ल्याउन छलफल गरेका रहेछन्, त्यस छलफलमा नेपालका छ जना विद्धवानले बिरोध गरेका रहेछन्, अहिले रेल ल्याउन बिरोध गर्ने तीनै छ जनाका सन्तान रहेछन्, तर जति बिरोध गरे पनि नेपालमा रेल गुडाएरै छोडछु’ प्रधानमन्त्रीले भने ।


0 comments
प्रतिक्रिया दिनुहोस्...