आठ लेनको कोटेश्वर–कलंकी सडक निर्माण तिव्र गतिमा
सम्झौता सकिन ५ महिना बाँकी, ४४ प्रतिशत काम सम्पन्न
आठ लेनको कोटेश्वर–कलंकी सडक निर्माण तिव्र गतिमा
भूकम्प र नाकाबन्दीले १० महिनासम्म निर्माण कार्य ठप्प जस्तै रहेको कोटेश्वर–कलंकी आठ लेनको सडक निर्माण कार्य यतिखेर भने तिव्रताको साथ अगाडि बढिरहेको छ। भूकम्पले गर्दा सडक निर्माणको काम ४ महिनासम्म ठप्प रहेको थियो।
भूकम्पले रोकेको काम सुरु भएको एक महिना नहुँदै भारतले गरेको नाकाबन्दीपछि इन्धन अभावले माघ महिनासम्म काम सुस्त गतिमा अघि बढ्यो। इन्धन सहजतासँगै विगत ३ महिनादेखि अहिले भने सडक निर्माणको काम तिव्र गतिमा चलिरहेको छ।
निर्माण जिम्मा पाएको सांघाई कन्स्ट्रक्सन ग्रुपका ४८ जना चिनियाँ कामदार र सयौं नेपाली कामदार सडकमा र कार्यलयमा बसेर काम गरिरहेको चक्रपथ सुधार आयोजनाका प्रोजेक्ट इन्जिनियर रमेश दृष्टिले बताए। कंलकी–कोटेश्वर सडक निर्माणको सम्पूर्ण खर्च चीन सरकारकै रहने छ। नेपाल सरकारले सडक निर्माणमा आउने अवरोधहरु हटाउने र काममा सहजता बनाउने बाहेक केही गर्न नपर्ने उनले बताए।
वैशाखको भूकम्प र नाकाबन्दीले निर्माण कार्य ठप्प रहेको अवस्था र अहिलेको कामको गतिलाई हेर्ने हो भने समयमै काम हुन नसके पनि केही महिना थप गरेर काम सम्पन हुनेमा दृष्टि आशावादी छन्।
सन् २०१३ जुनबाट काम सुरू गरी ४० महिनामा योजना सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले करिब ३५ महिना हुँदा ४४ प्रतिशत हाराहारीमा मात्रै काम सकेको छ। काम सुरु गरेको २४ महिनासम्म सरकारले अवरोध हटाउन नसक्नु र फेरी सडक निर्माणसँग सरोकार राख्ने विद्युत प्राधिकरण, स्थानीय, नेपाल टेलिकम, खानेपानीबीचको विवादका कारण पनि कामले गति लिन सकेको थिएन।
सम्झौता सकिन अब ५ महिनामात्र बाँकी रहँदा बाँकी ५६ प्रतिशत काम सो समयअगाडि भने नसकिने भएको छ। सम्झौता सकिनुअघि काम सकिनेमा स्वयः दृष्टि पनि विश्वस्त छैनन्। तर निर्माण जिम्मा पाएको कम्पनीले भने समयमै काम सक्ने दाबी गरिरहेको उनले बताए। एकवर्षसम्म सडक निर्माणमा आएको समस्यालाई हेर्ने हो भने पनि समयमै काम सम्पन हुने अवस्था रहँदैन।
‘निर्माण सम्पन गर्ने भनिएको सम्झौता समय सकिसकेको अवस्था छैन’ उनले भने, ‘समय थप गर्ने विषयमा कुनै पनि छलफल नभए पनि समय थप्न आवश्यक हुन्छ।’ अहिले निर्माण कम्पनीले सडकको दायाँ बायाँ पर्खाल लगाउने, सडकबाट पुरानो माटो झिक्ने, नयाँ माटो बिच्छ्याउने, पुलमा बीम कँस्ने जस्ता काम तिव्रताको साथ गरिरहेको छ। कम्पनीले कोटेश्वर ग्वार्कोसम्म भने लगभग सबै काम सकेको उनले बताए।
सबै सडक खण्ड एकै पटक सम्पन हुन सक्ने अवस्था नरहे पनि केही सडक खण्डको काम भने सम्झौताअनुसारको समयमा सम्पन्न गर्ने योजनाको साथ अघि बढिरहेको उनले बताए। अहिले निर्माण कम्पनीले तीनवटा आकाशे पुल निर्माण र खोलामा पुल बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको दृष्टिले बताए।
निर्माण सम्झौता भए अनुसार कोटेश्वर, बी एण्ड बी अस्पताल र बागडोलमा आकाशे पुल बनिरहेको छ। सरकारले ८ लेनको सडकमा पैदल यात्रीले सहजै बाटो क्रस गर्ने अवस्था नरहने भन्दै प्रत्येक १ किलोमिटरको दुरीमा आकाशे पुल बनाउने तयारी थालेको छ। सुरुमा सरकारले सातदोबाटोमा एउटा आकाशे पुल बनाउन टेन्डर प्रकाशन गर्ने तयारी गरेको अन्य ठाउँमा पनि प्रक्रियागत रुपमा काम गर्दै लैजाने भएको छ।
उनका अनुसार अहिले बल्खुदेखि खसी बजारसम्म भने काम द्रुत गतिमा हुन सकेको छैन। निर्माण कम्पनीले वर्षा सिजन सकिएपछि त्यो खण्डमा काम सुरु गर्ने र कोटेश्वरबाट एकान्तकुनासम्म पिच गर्ने लक्ष्यका साथ काम भईरहेको उनले बताए। साथै नेपाल सरकारकै खर्चमा ८ लेन सडकको दायाँ बायाँ ६ मिटरको पैदल सडक निर्माण तथा पिच हुने पक्रियामा रहेको उनले बताए।
केही समयसम्म बाटोमा जनताले देख्ने गरी काम गर्न नसके पनि सडक निर्माणको लागि आवश्यक ब्लक, बीमहरू कँस्ने काम, कट–स्टोल लगायतका काम भइरहेको प्रोजेक्टका इन्जिनियर दृष्टीले सेतोपाटीलाई बताए।
‘अहिले इन्धन सहज भएसँगै काममा निरन्तरता छ, बाटोमा जनताले देख्ने गरी नै काम हुन थालेको छ’, उनले भने, ‘काम द्रुत गतिमा गराउन र जनताले काम भइरहेको हेर्न निर्माण कम्पनीले मागेअनुसार सरकारले काममा सहजता गराइदिनुपर्छ।’ सडकका दुवैतर्फ खनिएका खाल्डा महिनौंदेखि उस्तै छन्। कतै बाटोछेउ निर्माण सामग्री थुपारिएका छन् त कतै पुल र आकाशेपुल बन्ने क्रममा छन्।
पानी परेको समयमा सडक हिलाम्मे हुने र गर्मीको बेला धुलोले पैदाल यात्रीलाई समस्या पर्दै आएको छ। ३५ महिनादेखि सर्वसाधारणले घाम लाग्दा धुलो र पानी पर्दा हिलो सहनुपरेको उनी स्वीकार्छन्। ‘केही कुरा नयाँ पाउनका लागि केही त गुमाउनु पर्ने हुन्छ’, उनले भने।
सकेसम्म यसपटक भने वर्षा अगाडि रोड प्रवेश गर्ने गल्लीहरुको सडक पिच गर्ने र नसकेको अवस्थामा अस्थाई प्रवन्ध समेत गर्ने तयारी भएको उनले बताए। कम्पनीले सुधार आयोजनाको कार्यलयमा सडक निर्माणको लागि २ लाख ७ हजार घनमिटर ढुंगा, २ लाख ५० हजार घनमिटर माटो, २ लाख ३० हजार घनमिटर माटो कटान र बाटो फिलअप गर्न (छाप्न) आवश्यक १ लाख ९० हजार घनमिटर राम्रो माटो ढुवानी गर्न दैनिक २ हजार लिटर डिजल आवश्यक पर्ने जानकारी गराएको छ।
‘आवश्यक कच्चा पदार्थको ढुवानीका लागि निर्माण कम्पनीले ५५ देखि ७१ किलोमिटरको दुरीबाट दैनिक ८० भन्दा बढी ट्रिपरले ढुवानी गर्नुपर्ने भएकोले सरकारले जस्तोसुकै असहजताको समयमा पनि इन्धनको व्यवस्था गर्नुपर्छ,’ उनले भने। निर्माणसँग सरोकार राख्ने संघ संस्थामा विवाद रहेपनि अहिले सबैको सहमति र सहकार्यमा काम भइरहेको उनले बताए।
काम सुरू भएपछि कम्पनीले ७० प्रतिशत रकम बुझिसकेको छ। सडकको मुख्य काम सकिएपछि अर्को २० र हस्तान्तरणको एक महिनापछि बाँकी १० प्रतिशत रकम दिइनेछ। यसको निर्माण लागत ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) हो।
‘सडक निर्माणको लागि नेपाल सरकारको पनि करिब १ अर्ब रुपैयाँ खर्च भएको छ। विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी र ढल निकासका संरचना हटाउन उक्त रकम खर्च भएको हो,’ दृष्टीले भने।‘समयमै पुरै काम नसके पनि चरण चरणमा काम पुरा गर्नुपर्छ,’ उनले भन


0 comments
प्रतिक्रिया दिनुहोस्...