म्यानचेष्टर युनाइटेडले जित्यो एफए कपको उपाधि
९ जेठ, काठमाडौं । अतिरिक्त समयको गोलको मदतमा क्रिष्टल प्यालेसलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ ।
शनिबार राति वेम्बलीमा भएको फाइनलमा म्यानचेष्टर युनाइटेडले प्यालेसलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता भने प्यालेसले लिएको थियो । ७८ औं मिनेटमा पन्चनको गोलबाट अग्रता लिएपनि जोगाउन सकेन ।
८१ औं मिनेटमा माटाले बराबरी गोल फर्काए । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
१०५ औं मिनेटमा स्माइलिङ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि म्यानचेष्टर युनाइटेड १० खेलाडीमा सिमित भयो ।
तर, ११० औं मिनेटमा लिनगार्डले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई एफए कपको उपाधि दिलाए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...