८२ लाख लुटने समुह पक्राउ, लुटिने समेत अनुसन्धानमा
काठमाडौ- प्रहरीले सुन खरिद विक्री गर्ने भन्दै ८२ लाख ५० हजार रुपैयाँ लुटपाट गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीले लुटपाटको घटनाका जाहेरीकर्ता समेतलाई अनुसन्धान गरिरहेको जनाएको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुले सस्तोमा दुईकेजी सुन खरिद गर्न गत सातगते पहेलो गुम्बामा बोलाएर जनकपुरका बलराम शाहको साथमा रहेको ८२ लाख ५० हजार लुटपाट भएको जनाएको हो। पक्राउ पर्नेमा बुटवलका लक्ष्मण न्यौपाने, नुवाकोटका बिनोद गौतम,धादिङका कमल गिरी र रुपेश श्रेष्ठ, गोरखाका सुजन बसेल ललितपुरका सबिन शाक्य र डायना शाक्य रहेका छन।
वृत्तका डिएसपी कोमल शाहका अनुसार समुहले बलरामलाई सस्तोमा सुन खरिद गर्न प्रलोभन दिएर सार्वजनिक स्थानमा बोलाएर लुटपाट गरेको हो । उनका अनुसार सुनको अवैध कारोबारकाक्रममा लुटिएका बलरामको लुटिएको रकमको स्रोतका बिषयमा अनुसन्धान भै रहेको छ।
"अवैध कारोबारका लागि त्यती ठुलो रकम कहाँबाट आयो अनुसन्धान हुदैछ," डिएसपी शाहले भने ।उनले समुहले लुटपाट गरेको रकम एकआपसमा बाडेर मोजमस्तीमा खर्च गरेको बताए ।
पक्राउ परेकाहरुबाट लुटेको रकमबाट खरिद गरेको तीनवटा मोटरसाइकल, सुनका गहनाहरु तथा सविन शाक्य र कमल गिरीको डेराबाट ८ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले गिरीलाई काठमाडौँ डेराबाट र अन्यलाई बुटवलबाट पक्राउ गरेको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...