काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अर्को वर्ष पानीजहाज किन्ने घोषणा गरेका छन् ।
प्रेस चौतारी नेपालको आठौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यलाइ निर्देशनात्मक मन्तव्य दिदै प्रधानमन्त्री ओलीले भने 'पुननिर्माणको झन्झटले यो वर्ष पानी जहाज किन्न नसके पनि अर्को वर्ष किन्ने घोषणा गरेको छौं ।' 'अहिले पुननिर्माणको झन्झटमा छौं ।
१० अर्ब पुननिर्माणका लागि छुट्टायाइएको छ यो झान्झट नभएको भए यो वर्ष नै दुईवटा पानीजहाज किन्थें ।' ओलीले भने 'यो वर्ष जहाज किन्न कानून बनाउँछु अर्कोवर्ष किन्छु ।' आफूले जहाज किन्ने कुरा गर्दा तीर भाला लिएर आइलाग्नेलाई जवाफ दिने उनको भनाइ थियो ।
'बजेटभन्दा पछि राजीनामा दिन्छ भनेर पत्रपत्रिकामा आज देखें ।'
ओलीले आफ्नै प्रशंसा गर्दै भने 'त्यही भएर अहिले तहल्का मच्चिएको हो ।'
'मेरा लागि व्यक्तिगत रुपमा गर्नुपर्ने केही छैन । यो संसारालाई नै दार्शनिक रुपमा बुझेको छु ।' संसारमा मानव प्राणीमात्र हँसिलो र रसिलो हुन्छ ओलीले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...