-->
भारतले गर्‍यो मिसाइल परीक्षण



नयाँ दिल्ली— भारतले विकसित गरेको परमाणु हतियार बोक्न सक्षम पृथ्वी-२ मिसाइलको सफल परीक्षण गरेको छ। उडिसाको चाँदीपुरस्थित केन्द्रबाट मिसाइलको सफल परीक्षण गरिएको हो।

अहिलेको परीक्षण सेनाको युजर ट्रायलको रुपमा भएको बताइएको छ। वैज्ञानिकको उपस्थितिमा परीक्षण सेनाले गरेको हो। यसअघि १५ मेमा ब्यालेस्टिक मिसाइल रक्षा प्रणाली हासिल गर्ने प्रयासमा सुपरसोनिक इन्टरसेप्टर मिसाइल परीक्षण गरेको थियो। यो मिसाइलले आफूतर्फ आउने शत्रुलाई ब्यालिस्टिक मिसाइललाई नस्ट गर्ने क्षमताको छ।

भारतको रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) का अनुसार मिसाइल परीक्षण उडान बंगलाको खाडीबाट गरिएको थियो। पृथ्वी मिसाइल नौ सन्य संस्करणको एक हिस्साको रुपमा परीक्षण गरिएको हो। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.