-->
यसरी बच्नुहोस् ग्यास्ट्रिकबाट

ग्यास्ट्राइटिसको समस्यामा पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा फेट फुल्छ र पीडा हुन थाल्छ । यसैले सबैभन्दा पहिला कस्तो खाद्यपदार्थ लिनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । अर्थात् कुनै खानाका कारण ग्यास बढेको छ भने त्यस्तो खाना तुरुन्त बन्द गर्नुपर्छ । ग्यास बनाउने खाद्यपदार्थ नखानुस् ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण हो, ग्यास बनाउने खालका खानेकुरा । केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी पेटमा ग्यास बनाउने खालका खाद्यपदार्थ हुन् । ग्यास बन्ने अर्को कारण हो, लामो समयसम्म भोको रहनु । समयमा खाना खाने गर्नुहोस् नियमित रुपमा खाना खाने बानी गर्नाले ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ । बिहान नास्ता पनि नगर्नु र दिउँसो एकसाथ खाना खानु गलत बानी हो । यसले ग्यास्ट्राइटिसको समस्या उत्पन्न हुन्छ । यसबाट बच्न नियमित रुपमा खाना खानुपर्छ । खाना खाँदा चपाएर मात्र खानुपर्छ । कम मसालेदार खाना बढी तेल र मसाला मिसाएको खाना पनि ग्यास्ट्रिकको कारण हुन सक्छ । यसैले यस्ता कुरा मिसाइएको खानेकुराबाट बच्नुहोस् । खानामा सधैं हरियो तरकारी सामेल गर्नुहोस्, पेट पूरै भरिनुभन्दा खान मन लाग्दालाग्दै उठ्नुहोस् । यसबाट खाना राम्ररी पच्छ । साथै ध्यान दिनुहोस्, खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुहोस् । रक्सीबाट बच्नुहोस् बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ । यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन । तर, रक्सी नखाँदा या यसको सेवन  सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ । थोरै खानुहोस्, नियमित खानुहोस् ग्यास्ट्रिकको समस्या पेटसंग सम्बन्धित समस्या हो । त्यसैले पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ । धेरै खानाले पनि ग्यास्ट्रीकको समस्यालाई असर गर्छ । यसका अलावा खानामा ल्याक्टोज र ग्लूटनजस्ता आहार लिनबाट बच्नुहोस् । के हो त उपचार ? ग्यास्ट्रिकमा पेटमा बन्ने एसिड कम गर्न प्रभावकारी औषधि एन्टासिड या अन्य औषधि दिइन्छ । अन्यथा एसिड फुलेको क्षेत्रमा बढी जलन पैदा गर्ने कारण बन्न सक्छ । साथै ग्यास्ट्राइटिसका दौरान एस्पिरिन र नन स्टेराइडल–एन्टी इन्फ्लेमेटरी जस्ता औषधि दिनबाट बच्नुपर्छ । वान्लीमाइहेल्थबाट 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.