-->
टिम हारेपछि प्रीतिको गाली

मुुम्बई: बलिउडमा डिम्पल गर्लका रूपमा ख्याति कमाएकी प्रीति जिन्टा पछिल्लो समय पर्दाबाट लगभग अलग छिन् ।
एक समय अत्यधिक रुचाइएकी उनले गत फेब्रुुअरीमा अमेरिकी नागरिक वेस्ट जिन गुुडइनकसँग गुुपचुुप विवाह गरेकी छन् ।
अहिले अभिनयभन्दा अन्य गतिविधिबाट चर्चामा आउने गरेकी प्रीति भारतमा जारी आईपीएल (इन्डियन प्रिमियर लिग)मा आफ्नो टिम हारेपछि कोचलाई गाली गरेर चर्चासँगै विवादमा आएकी छन्।
आईपीएलमा आफ्नो टिम किंग्स इलेवन पञ्जाव पराजित भएपछि उनले टिमका कोच सञ्जय बांगरलाई मनपरी गाली गरेकी थिइन् । गत सोमबार भएको खेलमा उनको टिमले हार बेहोरेको थियो ।
हारसँगै अंक तालिकामा पनि सबभन्दा तल झरेपछि प्रीति तनावमा आएकी थिइन् । कोचले छनोट गरेको ब्याटिङ अर्डरसँग पनि प्रीति खुुसी थिइनन् ।
प्रीतिले टिममा अक्षर पटेलभन्दा पहिला फहरान बेहराडियनलाई मैदानमा उतारेका कारण हार भएको तर्क गरेकी छन् ।
खेल सकिनासाथ कोचले गरेको निर्णयप्रति प्रश्न गर्दै उनले नराम्ररी गाली गरेकी थिइन् । स्टाफकै अगाडि अनेक शब्दका साथ कोचलाई झपार्नुुका साथै जिम्मेवारीबाट बर्खास्त गर्ने धम्कीसमेत दिएकी थिइन् ।
आफ्नो टिम हारेपछि उनी कति रिसाएकी थिइन् भने उनको सामुुन्ने जान टिमका कसैले पनि हिम्मत गरेका थिएनन् । एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.