अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
चितवन, । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै शुक्रबार साँझ अबेरबाट पहिरो र गाडी बिगँ्रदा अवरुद्ध बनेको सडक अहिले बिहान ६ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार साँझ परेको पानीका कारण खहरे र कालीखोलाको बीच भागमा पहिरो खसेपछि राति ११ः५५ बजे सडक एकतर्फी खुलाइएको थियो । पुनः ढुङ्गा खसेपछि सडक आवागमन पूरै अवरुद्ध बनेकोमा केहीबेरको प्रयासपछि राति नै सडक खुलाइएको भए पनि बीच सडकमा गाडी बिग्रिएपछि सवारी आवागमन प्रभावित भएको थियो । बिग्रिएको गाडी हटाएपछि अहिले बिहानबाट सडक दुईततर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...