-->
किष्ट बैंकका तत्कालीन सिइअो कमल ज्ञवालीसहित ८ जनालाई ४ वर्ष जेल सजाय

किष्ट बैंकका  तत्कालीन सिइअो कमल ज्ञवालीसहित ८ जनालाई बैंक कसुर मुद्दामा पुनरावेदन अदालतले  ४ वर्ष जेल सजाय सुनाएको छ ।

साथै १२ करोड ८० लाख ५० हजार ५ सय ३३ रुपैयाँ विगो तोकेको छ ।

अदालतका कायममुकायम न्यायाधीसद्धय किशोर सिलवाल र चण्डिराज ढकालको  इजलासले बैंक ठगी कसुरमा ८ जनालाई सजायँ सुनाएको हो । सिईओ ज्ञवाली, किशोर ढकाल, देवकी वस्ताकोटीलाई ४ वर्ष कैद, १२ करोड ८० लाख ५० हजार जरिवाना सजायँको आदेश भएको हो ।

बालनरसिंह घर्ती, सगुन श्रेष्ठ, मधुसुधन शर्मा, ईश्वर गुरुङलाई २ वर्ष कैदको सजायँ सुनाएको अदालतले कुमानन्द अधिकारीलाई ४ वर्ष कैद २ करोड, ३६ लाख ४३ हजार जरिवाना सुनाईएको छ । १५ जनाले भने सफाइ पाएका छन् । ज्ञवाली हाल अमेरिकामा छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.