बहिनीको मृत्यु पछि विमल आज नेपाल आउँदै
नवलपरासी । बर्दघाट ११– १७ वर्षीय मनीषा घर्तीमगरको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
उनको शव विहीबार विहान निवासमा फेला परेको थियो । उनकी आमा बुधबार रुपन्देहीको बुटवल गएकी थिइन ।
घरमा एक्लै रहेकी मनीषा मृत फेला परेपछि अनुसन्धान थालेको प्रहरीले घटनालाई शंकास्पद बताएको हो ।
उनी चर्चित फुलबर विमल घर्तीमगरीकी बहिनी हुन् । खुट्टाको उपचार गराउन बेल्जियममा रहेका विमल बहिनीको मृत्युको खबरपछि शुक्रबार फर्किदछन् ।
प्रहरीको अनुसन्धान अनुसार मनीषाको चार वर्षयता आशिष भनिने रुद्रनायरायण चौधरीसँग प्रेम थियो ।
आमा बुटवल गएको मौकामा चाधरी बुधबार साँझ घरमा आएका थिए । विहीबार विहान साढे ५ बजे आमा घर फर्किदा छोरीलाई कोठामा भृत भेटेकी हुन् ।
विहीबार विहान पक्राउ परेका चौधरीले प्रहरीलाइ दिएको बयानका साथै फेसबुकमा पोस्ट गरिएका सामग्रीका कारण दुईबीच झगडा परेको देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...