-->
वैदेशिक रोजगारीमा जानेहरुका लागि १० टिप्स

२० वैशाख, काठमाडौं । कामका लागि विदेश जानेबारे सोच्दै हुनुहुन्छ ? पर्खनुस्, तपाईं विदेश जानुअघि केही आधारभूत कुरामा चुक्नुभयो भने तपाईंले भविष्यमा ठूलो दुःख पाउने सम्भावना हुन्छ ।
आफ्नो बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन कामदार आफैं सचेत हुनुको विकल्प छैन । दलालको फन्दामा परेर ठगिने सम्भावनालाई कम गर्न पनि तपाईंमा यस विषयमा सचेतना र जागरण आवश्यक छ ।
श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् ।
यसैकारण विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्म हुनसक्छ । त्यसैले रोजगारमा जाने व्यक्तिले आफ्नो विदेश यात्राबारे विभिन्न कुरामा ध्यान दिनैपर्छ ।
१. नहतारिनुस, सीप सिक्नुस्
विदेश जाने योजना हतारमा नबनाउनुस् । ‘हतारमा लतारपतार’ भन्ने नेपाली उखानलाई मनन गरेर सुझबुझपूर्ण तवरले काम गर्नुभयो भने तपाईंलाई विदेशमा हैरानी हुने छैन ।
वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीले विदेशमा दुःख पाएको सुनिन्छ । त्यसमा एउटा महत्वपूर्ण कारण छ-‘अदक्षता ।’ तपाईंसँग विदेशमा गएर काम गर्न हातमा कुन सीप छ ? छैन भने सोच्नुस्-हातमा सीप नभएकाले विदेशमा के काम गर्लान् ? पक्का पनि त्यहाँ निकृष्ट प्रकारको श्रम गर्नुको विकल्प हुँदैन ।
म्यानपावरहरुले सीप नभएपनि कम्पनीहरुमा ‘यो काम, ऊ काम हुन्छ’ भन्लान् । तर, तपाईंसँग हातमा कुनै सीप छैन भने गाह्रो प्रकारको काम गर्नैपर्छ । आफुले जानेको काम गर्न विदेश जानुभयो भने आम्दानी पनि सोचेजस्तै हुन्छ ।
यो भाग्यमा हैन, सीपमा विश्वास गर्ने समय हो । त्यसैले आफैं सीप सिकेर भाग्य र भविष्य र्कोर्नुस् । सके देशमै काम गर्नुस्, वातावरण नमिले विदेशको लागि प्रयास गर्नुपर्छ ।
सिकेको सीपले तपाईंलाई सँधै बलियो बनाएर राख्नेछ । विदेश जाने मामिलामा हतारिनु प्रत्युत्पादक हुन सक्छ, सबै कुरा राम्रोसँग बुझेरमात्र त्यसका प्रक्रियामा अघि बढ्नुस् ।
२. वैधानिक संस्था समात्नुस्
तपाईं सकेसम्म कुनै व्यक्ति विशेष भरमा परेर अवैधानिक रुपमा विदेश नजानुहोला । त्यस्ताको साथमा लागेर म्यानपावर कम्पनी नजानुस्, सकेसम्म आफैं म्यानपारमा सिधा जानुस् । कुनै व्यक्तिले आफैं मिलाएर विदेश पठाउँछु भन्छ भने विनाआधार विश्वास नगर्नुस् ।
कन्सल्टेन्सी र्फम, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट वा अन्य कुनैपनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार छैन । यी कसैलाई पनि विदेश जाने आशामा रकम नदिनुस्, ठगिने सम्भावना हुन्छ ।
संस्थागत रुपमा कामदार विदेश पठाउने काम म्यानपावर कम्पनीले गर्छन् । तर, शहरमा सञ्चालनमा रहेका सबै म्यानपावर पनि सरकारबाट अनुमति लिएर चलेका छन् भन्ने निश्चित छैन ।
तपाइर्ंले विदेश जान सम्पर्क गरेको म्यानपावर कम्पनीले सरकारबाट इजाजत लिएको छ की छैन ? पहिलो चरणमा यसको उत्तर खोज्नुस् ।
म्यानपावरको काम कारवाही रोक्का भएको छ छैन ? खारेजीमा परेको छ छैन  ? यी कुरा बुझ्नुपर्छ । यो जानकारी तपाईंलाई वैदेशिक रोजगार विभागले दिन्छ ।
किन यस्तो झन्झट गर्नु ? भन्ने पटक्कै नसोच्नुस्, विभागको अनलाइनमा पनि म्यानपावरको विवरण हेर्न पाइन्छ । व्यक्तिगत प्रयासबाट भिसा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजातसहित श्रम स्वीकृति लिन सक्छ । कुन संस्था वा को मार्फत जाने हो त्यसका बारेमा यथेष्ठ जानकारी राख्नैपर्छ ।
३.काम, सुविधा र लागतबारे जानकार हुनुस्
रोजगारीका लागि कुन देश र कुन काममा जाने भने निर्णय तपाईंले लिने हो । त्यसका लागि लागि कति खर्च लाग्छ ? काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता ? करार अवधि लगायतका बारेमा राम्ररी जानकारी लिनुस् ।
म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कामका लागि कति अवधिभित्र, कति लागतमा पठाउने भन्ने एकीन गरेर भर्पाईका साथमा मात्रै सक्कल पासपोर्ट बुझाउनुस् ।
आफ्नो नाममा भिसा आएर विदेश निश्चित भएपछि म्यानपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनुस् । बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिएर सुरक्षित रुपमा राख्नुहोला । कुन देश जान कति रकम लाग्छ भन्ने जानकारी तपाईंले राख्नैपर्छ ।
पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएकोभन्दा बढी रकम कसैलाई नदिनुस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवा सर्तहरुबारे चित्त बुझेमा मात्र सम्झौतापत्रमा सही गर्नुपर्छ ।
सम्झौताको एकप्रति आफूसँग सुरक्षित पनि राख्नुहोला । एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुस्, दोहोरो सम्झौता गर्दा ठगिनुहोला ।
४.आफु जाने देशबारे जानकारी राख्नुस्
विदेशमा काम गर्न जानु पक्का पनि सजिलो छैन, त्यसैले आफु जान लागेको देशको बारेमा राम्रो जानकारी राख्न आवश्यक छ । त्यो देशको भाषा संस्कृति, रहन-सहन, चालचलन, रितिरिवाज र कानूनको बारेमा साथिभाइ वा अग्रजसँग जानकारी लिनुस् ।
त्यहाँ पुगेर फर्किएकाहरु र त्यहाँ रेकाहरुसँग यस्ता जानकारी सजिलै पाइन्छ । आफू जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र क्याक्स नम्बर डायरीमा टिपेर साथैमा राख्नुपर्छ । अप्ठेरो त्यसले निकै सहयोग पुग्नेछ ।
५. श्रम, भिसा र पासपोर्टबारे सचेत हुनुस्
वैदेशिक रोजगारमा जान व्यक्तिगत र संस्थागत गरी २ किसिमका श्रम अनिुमति जारी गरिन्छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट विदेश जाने श्रम स्वीकृति पाउन सकिन्छ ।
पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रुपले पुनःश्रम स्वीकृति (नविकरण) लिनुपर्छ । करार अवधि सकिएपछि पनि स्वीकृति बिना गैरकानूनी तरिकाबाट भिसाको म्याद भन्दा बढी समय नबस्नुस् ।
त्यसो गर्दा सम्बन्धित देशको कानून अनुसार कारवाही हुन सक्छ । आˆनो राहदानीको म्या


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.